९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

नापी कार्यालयमा विस्फोट गराउने पक्राउ

सर्लाही– मलंगवास्थित नापी कार्यालयमा विस्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ०७० भदौ ८ गते विस्फोट गराएपछि फरार रहँदै आएका उनीहरूलाई अञ्चल प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरीको संयुक्त टोलीले आइतबार रौतहटबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुरेश बस्नेतले जनाए।

 

पक्राउ पर्नेमा रौतहट, पिपरिया–५ का ३५ वर्षीय पनिलाल पण्डित, पिपरिया–७ का २० वर्षीय कमलप्रसाद यादव र ३५ वर्षीय नरेश राय छन् । विस्फोटमा नापी अधिकृत नागेन्द्र राय, सेवाग्राही सर्लाही, रामवनका गौरीशंकर महतो, हेमपुरका राजकिशोर रामसहित दस जना घाइते भएका थिए ।

प्रकाशित: २८ मंसिर २०७१ २१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App