२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

विश्व बजारमा चिनियाँ फिल्म

यो वर्षदेखि चीन विश्वको सबैभन्दा ठूलो बजेट विनियोजन गर्ने राष्ट्र बन्दै छ। विश्व आर्थिक विश्लेषकहरूको अनुमानअघि नै चीनले यो सफलता हासिल गरेको हो। विश्व आर्थिक बजारमा एकपछि अर्को सफलता हात पार्दै गरेको चीनको सिनेमा क्षेत्रले पनि विश्व बजारमा आक्रामक ढंगबाट सफलता हासिल गरिरहेको छ। एकातिर विश्वकै सबैभन्दा ठूलो मानिएको अस्कर अवार्डमा चिनिया" र चिनिया" फिल्मको बर्चस्व बढ्दै छ भने विश्वका अरू सर्वाधिक प्रतिष्ठित अवार्ड क्यान्स फिल्म फेस्टिभल, बर्लिन फिल्म फेस्टिभल, भेनिस फिल्म फेस्टिभल आदिमा पनि चिनिया" फिल्मको बर्चस्व जारी छ।


सन् २००१ को विश्व चर्चित चलचित्र आङ लीद्वारा निर्देशित 'क्रचिङ टाइगर हिडन ड्राइगन'ले विदेशी भाषातर्फ सर्वोत्कृष्ट फिल्मको खाता खोलेको चिनियाँ फिल्मले सन् २००६ को अस्करमा 'ब्रोकब्याक माउन्टेन'बाट आङ लीले उत्कृष्ट निर्देशक नै जिते। उत्कृष्ट निर्देशकको रूपमा आङ लीले २०१३ मा 'लाइफ अफ अ पाई'का लागि पुनः पुरस्कृत भएर आफ्नो क्षमता प्रमाणित गरे।

आङ लीको निजी दर्शन कन्फ्युसियसवाद र ताओवादबाट अत्यन्तै प्रभावित छ। त्यसैले उनका फिल्ममा पश्चिमा कला चिनिया" सौन्दर्यको लेपमा देखिन्छ। उनले फिल्ममा पूर्वीय र पश्चिमा संस्कृतिबीच पुल भएर सौन्दर्यको पुनर्व्याख्या गरेका छन्। त्यसैले पछिल्लो समय अवार्डमा मात्र होईन बक्स अफिसमा समेत चिनिया" फिल्मको व्यापार उल्लेखनीय छ। सन् २०१२ मा चिनिया" फिल्मको बक्स अफिस रेकर्डअनुसार २ सय ७४ मिलियन डलरको व्यापार गरेको छ, जसमा १ सय २९ मिलियन घरेलु व्यापार हो भने १ सय ४५ मिलियन डलर विदेशबाट प्राप्त व्यापार हो।

विदेशी बजारमा चिनिया" फिल्मको प्रभाव भर्खरै भएको भने होइन। झाङ यिमोऊ निर्देशित 'रेड सोरगम'ले १९८८ मै बर्लिन फिल्म महोत्सवमा उत्कृष्ट फिल्मको रूपमा गोल्डेन बियर जितेका हुन्। बर्लिनमा त्यसपछि निरन्तर चिनिया" फिल्मले प्रभावशाली पकड बनाउ"दै आएको छ। सन् १९८९ मा वु जिनिऊ को 'इभिनिङ बेल'ले सिल्भर बियर, १९९३ मा सी फेईको 'वुमन सिसेम ओइल मेकर'ले गोल्डेन बियर, १९९३ मै आङ लीको 'द वेडिङ ब्यांक्वेट'ले गोल्डेन बियर जितेका छन्।

त्यस्तै १९९७ मा चाई मिङको 'द रिभर'ले सिल्भर बियर, सन् २००० मा झाङ यिमोऊको अर्को फिल्म 'द रोड होम'ले सिल्भर बियर, २००१ मा वाङ सिआओ–सुआईको 'बेइजिङ बाइसाइकल'ले सिल्भर बियर, २००५ मा गु चाङवेईको 'पिकक'ले सिल्भर बियर, २००७ मा वाङ क्वानान को 'तुयाज म्यारिज'ले गोल्डेन बियर जितिसकेका छन् भने पछिल्लोपल्ट २०१४ मा डिआओ यिनानको 'ब्ल्याक कोल', 'थिन आइस'ले गोल्डेन बियर जितेको छ।

त्यस्तै आङ लीको 'लस्ट कसन'ले २००७ मा भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन जितेको छ भने झाङ यिमोऊको 'फ्लावर्स अफ वार' ले २०१२ को गोल्डेन लायन जितेको छ।

धेरै वर्षअगाडि ब्रुस लीले परिचय गराएको चिनिया" फिल्मबारे पश्चिमाहरूको धारणा कम्फू (कुङ फु) सम्ममात्र थियो। बु्रस ली पश्चिमाहरूमा स्टार नै थिए। पछिल्लो समयमा ज्याकी च्यान, जेट ली, चाउ युन फ्याट आदि हलिउडका प्रिय कलाकारका रूपमा स्थापित भएका छन्। ज्याकी च्यानका 'सांघाई सिरिज', 'रस आवर सिरिज', 'पुलिस स्टोरी सिरिज', 'द कराटे किड' आदि विश्व सिनेमाका ब्लकबस्टर नै हुन्। त्यस्तै जेट लीका 'मिसन इम्पोसिबल ३', 'द एक्सपेन्डेबल्स', 'द फोरबिडन किङडम', 'द ममीः टम्ब अफ द ड्राइगन एम्पेरर' आदि र चाउ युन फ्याटका 'ड्राइगन हर्ट', 'क्रचिङ टाइगर हिडन ड्राइगन' पनि ब्लकबस्टरहरू हुन्।

पछिल्ला वर्षमा चिनिया" अभिनेत्रीहरू पनि ठूला बजेटका अन्तर्राष्ट्रिय फिल्ममा अनुबन्धित हुन थालेका छन्। गत वर्ष सिल्भेस्टर स्टालोन अभिनित 'द एक्सपेन्डेबल्स २' मा चिनिया" अभिनेत्री यु नान मुख्य भूमिकामा थिइन्। 'रेसिडेन्ट इभिल'मा ली बिङबिङ, 'ला पेट्टी भेनिस'मा चाओ ताओ आदिले विश्व सिनेमाका स्थापित मान्यतालाई भत्काएका छन्। जसले चिनिया" महिलाप्रति विश्व सिनेमाको धारणा अझ बढी विशिष्ट भएको छ। 'क्रचिङ टाइगर हिडन ड्राइगन'ले विश्व बजारमा अर्की अभिनेत्री झाङ जियीलाई स्थापित गराइदियो। यद्यपि त्यसअघि पनि चिनिया" मुलकी अभिनेत्रीहरू जेम्स बन्ड सिरिजको 'अ बेटर टुमोरो'की मिचेल योह, 'चार्लिज एन्जेल्स' सिरिजकी ल्युसी लिउ पनि स्थापित चिनिया" अनुहार हुन्। अत्यन्तै प्रतिभाशाली र थुप्रै अवार्ड विजेता निर्देशक झाङ यिमोऊकी प्रिय चिनिया" अभिनेत्री गोङ ली १९८८ मा 'रेड सोरगम'ले गोल्डेन बियर जितेपछि विश्व सिनेमाको नजर परेकी अभिनेत्री हुन्।

चिनिया" कलाकारमात्र होइन, हलिउड आफैं पनि चिनिया" फिल्म, चिनिया" लोकेसन, चिनिया" संस्कृति, सभ्यता र वादहरूमा यति प्रभावित छन् कि उनीहरू नै चिनिया" भूमिमा फिल्म बनाइरहेका छन्। बर्नाडो बर्तोलुचीको 'द लास्ट एम्पेरोर'देखि पछिल्लो समय 'द एक्सपेन्डेबल्स', 'द फोरबिडन किङडम', 'मिसन इम्पोसिबल' आदि उदाहरणहरूका लामो लस्कर नै छन्। त्यस्तै चिनिया" सिनेमाका प्रभावको रूपमा 'मुलान', 'कुङ फु पान्डा' आदिलाई पनि लिन सकिन्छ। विगतमा हङकङको फिल्ममार्फत जाने चिनिया" अनुहार अहिले आएर मेनल्यान्ड चीनबाट नै विश्व बजारमा स्थापित भइरहेका छन्। विश्व मानचित्रमा सानो सहर भए पनि विगतमा हलिउडपछि हङकङले सर्वाधिक फिल्म निर्माण तथा निर्यात गर्ने गर्थ्यो।

यसरी हेर्दा पछिल्ला समयमा चिनिया" फिल्म एकपछि अर्को गर्दै विश्व सिनेमा उद्योगमा आक्रामक ढंगबाट प्र्रस्तुत भइरहेका छन्। यो बक्स अफिस र मेकिङ दुवैतिर उत्तिकै आक्रामक छ। चीनलाई एउटा सबैभन्दा ठूलो फाइदा के छ भने बाहिरी बजारमा जस्तोसुकै प्रतिकूलता भए पनि उसको घरेलु बजार नै यति ठूलो छ, जसलाई बाह्य प्रतिकूलताले प्रभाव पार्न सक्दैन। बाह्य बजार त उसको सुनको सुगन्ध हो।

विश्व बजारमा चीनप्रतिको आकर्षण भनेको विहंगम चिनियाँ सभ्यता नै हो। फरक संस्कृति, फरक अनुहार, फरक परम्परा त हु"दै हो, साथसाथै विराट बजार पनि। हलिउडमात्र होइन नजिकैको बलिउड पनि चीनको बजारसँग नजिक हुन खोजिरहेको छ। विश्व सिनेमाका दुई ठूला राष्ट्रका बीचमा रहेको नेपाल र नेपाली फिल्मले पनि यसबाट फाइदा लिन सक्छ। पछिल्ला समयमा चीन, कोरिया आदि देशका फिल्मले बक्स अफिसमा सफलता हासिल गर्न थालेयता त्यसको प्रभाव हामीकहा" पनि पर्न थालेको छ। निर्माणका दृष्टिले, कथा वाचनको हिसाबले, कलाकार चयन, प्रविधि आदि सबैमा यसको प्रभाव पर्न थालेको छ। यो नेपाली फिल्मका लागि पनि सकारात्मक कुरा हो।
अध्यक्ष, अल्टरनेटिभ फिल्म मुभमेन्ट

प्रकाशित: २६ मंसिर २०७१ २२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App