जिल्ला प्रहरी कार्यालय झापामा एक १४ वर्षीय बालिकाले दिएको निवेदन ब्यहोरा हो यो। झापा भद्रपुर– १० का भेषराज पोखरेल र उनका छोरा खेम पोखरेलले विगत तीन वर्षदेखि आफ्नै घरमा बस्ने १३ वर्षीया बालिकाको यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ। ६ मा अध्ययनरत ती बालिका विद्यालयमा बेहोस भएपछि साथीलाई सबै कुरा बताएकी थिइन्, विद्यार्थीले शिक्षिकालाई बताए।
विद्यालय प्रशासनले साना हात नामक संस्थामार्फत मुद्दा दर्ता गराएको छ। घटनामा संलग्न भेषराज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। छोरा खेम पोखरेल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित: २६ मंसिर २०७१ ०६:३७ शुक्रबार





