६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

हतियार देखाएर आतंक मच्याउने कारागार चलान

खोटाङ– हतियार देखाएर गाउँमा आतंक मच्याएको आरोपमा पक्राउ परेका चिसापानी–३ का प्रबिण राई कारागार चलान भएका छन्। हतियार देखाउँदै गाउँलेलाई कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका २१ वर्षीय राई जिल्ला अदालत खोटाङको आदेशमा पुर्पक्षकालागि कारागार चलान भएका हुन्।पेस्तोल देखाएर धम्की दिने गरेको भन्दै स्थानीयको उजुरी परेपछि राई गत जेठ २ गते पक्राउ परेका थिए। हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाएका राईलाई जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको थियो। उनलाई जिल्ला कारागार शाखा दिक्तेलमा राखिएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि अनुसन्धानकाक्रममा प्रहरीले राईको खेतबाट लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल, थ्रीनटथ्री राईफलको दुई थान गोली बरामद गरेको थियो। लुकाएको अवैध हतियार फेला परेपछि राई विरुद्ध मुद्दा चलाईएको प्रहरीको भनाई छ।

प्रकाशित: ८ असार २०७१ ००:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App