११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

बलात्कारीलाई १० वर्ष कैद सजाय

खोटाङ– बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक युवालाई १० वर्षको कैद सजाय सुनाइएको छ। १० वर्षीय बालिकालाई जवर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका राखाबाङ्देल–४ का २६ वर्षीय जापान राईलाई जिल्ला अदालत खोटाङले १० वर्षको कैंद सजाय सुनाएको हो।बालिकालाई बलात्कार गरेको आरोपमा गत साउन २९ गते बाक्सिला–५ बाट पक्राउ परेका राईलाई जिल्ला न्यायधिस इश्वरीप्रसाद गौतमको एकल इजलासले कैंद सजायबाहेक ७५ हजार क्षतीपुर्ती भराउने फैसला सुनाएको जिल्ला अदालतले जनाएको छ। घरमा खेल्दै गरेकी बालिकालाई गत असार २८ गते मकै बारीमा लगेर बलात्कार गरेको भन्दै राईबिरुद्ध साउन १ गते प्रहरीमा किटानी जाहेरी परेको थियो । फरार रहेको ३३ दिनपछि पक्राउ परेका राईलाई अदालतले साउन ३१ गते पुर्पक्षकालागि जिल्ला कारागार शाखा दिक्तेलमा थुनामा राख्न आदेश दिएको थियो ।

यस्तै, सुस्त मनोस्थिति भएकी १४ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा बोपुङ–२ का ६० वर्षीय पदमबहादुुर सार्की र ७ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा याम्खा–६ का ५५ वर्षीय हर्कबहादुर विश्वकर्मा जेल चलान भएका छन् । जिल्ला अदालत खोटाङको आदेशमा सार्की र बिश्वकर्मालाई पुर्पक्षकालागि जिल्ला कारागार शाखा दिक्तेल पठाइएको प्रहरीले जनाएको छ ।

प्रलोभन देखाएर बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पदमबहादुरलाई जिल्ला अदालतले बिहिबार पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको थियो । बालिकालाई गत वैशाख ३० गते बलात्कार गरेको भन्दै पिडितले ईलाका प्रहरी कार्यालय चिसापानीमा दिएको उजुरीको आधारमा पदमबहादुरलाई जेठ ६ गते पक्राउ गरी जबरजस्ती करणी मुद्दा चलाइएको थियो । वालिकाले अभिभाबकलाई पटक–पटक बलात्कृत हुँदैआएको बताएपछि घटनाको विषयमा खुलासा भएको थियो । पिडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा जेठ ७ गते स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ ।

यस्तै, घरमा कोही नभएको अवस्थामा बालिकालाई बलात्कार गरेको आरोपमा गत बैसाख २९ गते पक्राउ परेका हर्कबहादुरलाई अदालतले मंगलबार कारागार चलान गर्ने आदेश दिएको हो । घरमा खेल्दै गरेकी बालिकालाई ललाई फकाई बलात्कार गरेको आरोपमा पिडितले सोही दिन बिश्वकर्मा बिरुद्ध प्रहरी चौकी याम्खामा उजुरी दिएका थिए ।

प्रकाशित: ४ असार २०७१ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App