१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

संवेदनशील ब्यानर प्रदर्शन गर्दा

रियो द जेनेरियो– 'फकल्यान्ड हाम्रो' भन्ने दाबीसहित अर्जेन्टिनाका खेलाडीले 'उत्तेजक' ब्यानर प्रदर्शन गरेको विषयमा फिफाले छानबिन गर्ने भएको छ। फिफा अनुशासन समिति प्रमुखले खेलाडीको हाउभाउ समर्थकलाई उक्साउने र आक्रमण बनाउने खालको भएको बताएका छन्। छानबिनपछि अर्जेन्टिनालाई जरिवाना हुनसक्ने बताइएको छ। विश्वकपअघि स्लोभानियासँगको अभ्यास खेल हुनुअघि अर्जेन्टिनाका खेलाडीले ला माल्भिनासहरू अर्जेन्टियन हुन् भन्ने ब्यानर प्रदर्शन गरेका थिए। 
फकल्यान्ड टापुलाई लिएर सन् १९८२ मा बेलायत र अर्जेन्टिानाबीच युद्ध भएको थियो। इङ्ल्यान्डले फकल्यान्डका विषयमा कुनै पनि प्रश्नको जवाफ नदिन आफ्ना खेलाडीलाई निर्देशन दिएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ। फिफा अनुशासन समितिले त्यो विषयमा आफ्नो धारण प्रस्ट पार्न अर्जेन्टिनी फुटबल संघलाई निर्देशन दिएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७१ २१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App