३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

बालकको केस मुण्डन गर्नेमाथि सार्वजनिक अपराध मुद्धा

उदयपुर— मोवाईल चोरेको आरोमा दुईजना बालकलाई अमानवीय व्यवहार गर्ने यहाँका एक मेडिकल सञ्चालकमाथि प्रहरीले सार्वजनिक अपराधविरुद्धको मुद्धा दायर गरेको छ। जिल्लाका पूर्वी बेल्टार–बसाहा नगरपालिका १ बेल्टारका निश्चल मेडिकल सञ्चालक वीरेन्द्र झामाथि बाल अधिकार हनन गरेको आरोपमा सार्वजनिक मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।स्थानीय जनज्योति उमावि बेल्टारमा कक्षा ५ र ७ मा पढ्ने १२ वर्षीय हर्कराज राई र १३ वर्षीय विकी राईलाई स्कुलबाट फर्कदै गर्दा दुईदिनअघि झाले पक्राउ गरी चारपाटा मुण्डन गरेको प्रहरीको भनाई छ । मोवाईल चोरेको भन्दै बाटोमै समातेर सडक वत्तीको पोलमा बाँधेर कुटपिट गर्नुका साथै मुण्डन गरेर छाडेको अवस्थामा स्थानीयले थाहा पाएर अभिभावकलाई खवर गरेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका निरीक्षक ढुण्डीराज न्यौपानेले बताए।

बालकहरुमाथि अमानवीय व्यवहार गरेको भन्दै झामाथि कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी उपरीक्षक अजय भट्टराईले बताए । झाले घट्नाबारे पीडितपक्षलाई इप्रका प्रहीमा मिलापत्र गराउन लागेका बेला स्थानीय अधिकारकर्मीले थाहा पाएर कारबाही गर्न आग्रह गरेको अधिकारकर्मी गंगा राईले बताईन् । उनका अनुसार बालकहरुलाई कुटपिट र मुण्डनपछि पनि छ हजारको मोबाईलको ७२ हजार मूल्य तिराउन खोजेपछि अभिभावकले अधिकारकर्मी गुहारेका थिए।

प्रकाशित: १६ जेष्ठ २०७१ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App