काठमाडौं– नेपाल ३१ स्वर्ण, ३५ रजत र २३ कास्य पदकका साथ आठौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन उपाधि हात पारेको छ।
७ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्दै बंलादेश दोस्रो भयो। भारत तेस्रो स्थानमा रह्यो। भारतले ६ स्वर्ण, १५ रजत र २० कास्य पदक जितेको थियो। नेपाल सातेकान कराते संघ (एनएसकेए) ले आयोजना गरेको प्रतियोगितामा नेपालका दिवस श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए। उनले कुमुते ६७ केजी, खुला र टिम कुमुतेमा स्वर्ण पदक जितेका थिए। बंगलादेशकी नसिमा अख्तर महिलातर्फ उत्कृष्ट खेलाडी हुन्।सभासद मोहनबहादुर बस्नेत, एनएसकेएका अध्यक्ष विष्णुबहादुर कार्की, नेपाल कराते संघका महासचिव हरिशरण केसी, एनएसकेएका महासचिव श्याम शेर्पाले विजेता खेलाडीलाई पुरस्कृत गरे।
प्रकाशित: ९ जेष्ठ २०७१ २१:०१ शुक्रबार





