पूर्ण दृष्टिविहीनको छात्रा लङजम्पमा शिखर उमाविकी धना दर्लामी पहिलो, लेबोरेटरी उमाविका सनिता भट्टराई दोस्रो र सावित्री पौडेल तेस्रो भए। धना सफ्ट बल थ्रोमा विजेता रहिन्। लेबोरेटरीकी सरिता अर्याल दोस्रो तथा नमुना मच्छिन्द्रकी संगीता राई तेस्रो स्थानमा रहे।
आंशिक दृष्टिविहीनको छात्रा सफ्टबल थ्रोमा अमरसिंह उविमाकी सरिता घिमिरेले स्वर्ण, मंगलप्रसाद उमाविकी सपना चौधरीले रजत तथा मंगलप्रसादकै खगिसरा लामिछानेले कांस्य हात पारे। बहिरातर्फ छात्राको २ सय मिटर दौडमा धौलागिरीकी अनिता बुढा मगर, बहिरा वाल उमाविकी पुष्पा खत्री तथा विराट बहिराकी अनुराधा पौडेल क्रमशः शीर्ष स्थानमा रहे।
बहिरातर्फ छात्रको २ सय मिटर दौडमा मनकामनाका सुरज खड्काले पहिलो स्थान कब्जा गरे। पूर्वाञ्चल बहिरा विद्यालय, धरानका सहिद अन्सारी दोश्रो र विराट बहिराका राजु चौधरी तेश्रो भए। शारीरिक अपाङ्गको छात्रा सुटपुटमा कालिका उमाविकी दीपा राउत पहिलो, कर्मेश्वर उमाविकी लक्ष्मी डगौरा दोश्रो तथा योङहरिका आश्था थापा तेश्रो भए। पूर्ण दृष्टिविहीनको छात्र स्टेन्डिङ जम्पमा आदर्श सौलका सुनील लामा पहिलो, पूर्वाञ्चल ज्ञानचक्षुका अमरदीप राई दोश्रो तथा मंगलप्रसादका रामकुमार चौधरी तेश्रो बने। शारीरिक अपाङ्गको छात्र सटपुटमा लक्ष्मी उमाविका रामबहादुर थारु पहिलो, नवजीवन उमाविका प्रेम विक दोश्रो तथा सरस्वती मावि, दाङका इन्द्रबहादुर डाँगी तेश्रो भए।
शारीरिक अपाङ्गको हातको समस्या भएका छात्रको १ सय मिटर दौडमा मनकामनाका कुमार श्रेष्ठ पहिलो, एसओएसका अजय विक दोश्रो तथा शारदा शिक्षा सदनका भिष्म कुमाल तेश्रो भए। विजेतालाई राखेप सदस्य–सचिव युवराज लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङ, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाललगायतले पुरस्कार प्रदान गरे।
प्रकाशित: ३० वैशाख २०७१ २१:३० मंगलबार





