४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

कैदी नम्बर २२१ अर्थात संजय साह

सिरहा-जनकपुर बम काण्डका 'मूख्य योजनाकार' सञ्जय साह सोमवार सिरहा कारागारका कैदी नम्बर २२१ बनेका छन्। जलेश्वर कारागारबाट फर्काइएका साह अदालतको निर्णय अनुसार सिरहा कारगार आईपुगेका हुन।


जलेश्वर कारागारले साहलाई थुन्न सुरक्षा जोखिम र ठाउँ अभाव देखाएको जस्तै जोखिम र अभाव सिरहा प्रसाशनले देखाएको छ। सोमवार नागरिकसँग प्रमूख जिल्ला अधिकारी अनिल कुमार ठाकुरले भने,' साहको ससुराली समेत सिरहा भएकोले उनलाई यहाँ राख्न जोखिम छ।'

'तुरुन्तै सुरक्षा समितिको बैठक बोलाउँछु ठाकुरले भने,'उनलाई यहाँ राख्न नसक्ने निर्णय लेखेर कारागार ब्यवस्था विभाग पठाउने तयारीमा छौ।' एक त यहाँ कैदीबन्दी कोचामकोच छ उनले भने,' सुरक्षाको दृष्टिले यो अवस्थामा उनलाई(साहलाई) यहाँ राख्न निकै जोखिम छ।'

पहिल्यै क्षमताभन्दा बढी कैदीबन्दी छ कारागारका निमित्त जेलर बविता महतो भन्छिन्,'कैदी थप्न नमिल्ने भएपनि उनलाई नराखिए अदालतको आदेश अवहेलना भएको ठहर्ने भएकोले राखिएको हो।' पहिल्यै क्षमता भन्दा करिब दोब्बर कैदी छन उनले भनिन् ,'सुरक्षा सम्बेदनशिलताको दृष्टिले उनलाई यहाँ राख्नु जोखिमपूर्ण नै छ।'

एकसय ५० क्षमताको कारागारमा दुईसय २० जना कैदी कष्टपूर्ण जिवन बिताईरहेको र थप कैदी राख्न निकै अप्ठयारो छ, महतोले भनिन्। सुरक्षासँगै भौतीक हिसावले पनि यो कारागार निकै जोखिमपूर्ण रहेको उनको भनाई छ।

विरगञ्जबाट पक्राउ परेका उनलाई तिन दिनको बहसपछि अदालतले कारागार चलानको आदेश दिएको हो।

मिथिला राज्यको माँग गर्दै जनकपुरको रामानन्दचोकमा गरिएको शान्तिपूर्ण आन्दोलनमा ०६९ वैशाख १८ गत्ते बम विष्फोट हुँदा पाँचजनाको मृत्यूसँगै ३२ जना घाईते भएका थिए।

जिर्ण कारागार अति सम्बेदनशिल

सुरक्षाको कारण देखाउँदै जलेश्वर कारागारले फिर्ता पठाएको सञ्जय साह अदालती आदेशवाट सिरहा कारागार पठाईएको छ। यो कारागार सुरक्षाको दृष्टिले अति सम्बेदनशिल भन्दै यहाँका सुरक्षा प्रमूखहरु ठाउँ सारीका लागि कारागार ब्यवस्था विभागमा पत्राचार गर्ने तयारीमा जुटिसकेका छन्।

कारागार सरक्षासँग भौतीक रुपमा पनि सँवेदनशिल रहेको प्रसाशनको ठहर छ। कारागारको पूर्व पट्टीको करीव २० फिट अग्लो र २० ईन्च मोटो ईटाको पर्खाल कमजोर भई हल्लिन थालिसकेको महतो बताउँछिन। पर्खालमाथि चौतर्फी हिडेर कैदीको सुरक्षागर्नुपर्छ ड्युटीमा खटिने एक प्रहरीले भने,' कुनबेला पर्खाल ढल्ने हो चिन्ताले डराईरहन्छ।'

राणाकालमा बनेको यो कारागारको चारैतिर लगाईएको पर्खालको जग हल्लिन थालीसकेको छ भने भवन जीर्ण भईसकेको छ। कारागारमा पूर्व दक्षिण कुनामा एक र उत्तर पश्चिम कुनामा एक गरी जम्मा दुईवटा सुरक्षा वुर्जा छ। पश्चिम दक्षिण र पूर्व उत्तर कुनामा सुरक्षाकर्मी बस्ने वुर्जा छैन।चारैतीर सुरक्षाकर्मी बस्नु पर्ने तर दुईतर्फको वुर्जा नभएकाले दुईवटा कुना खाली हुन्छ।

पाँच वर्ष अगाडि यही कारागारबाट विभिन्न अपराधमा सजाय भोगिरहेका ५४ जना कैदीबन्दी एकैपटक भागेका थिए। यो घटनापछि यो कारगारलाई सुरक्षाको दृष्टिले अतयन्त सँवेदनशिल मान्छिन्।

प्रकाशित: २९ वैशाख २०७१ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App