सङ्खुवासभा- आफ्नै दाजु र उनका पाँच वर्षीय छोरालाई हत्या गराउन लगाउने भाइ रञ्जन श्रेष्ठसहित हत्या गर्ने अन्य दुई जनालाई जिल्ला अदालत चैनपुरले जन्मकैदको फैसला सुनाएको छ।जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जिल्लाको वाना–८ का लक्ष्मण श्रेष्ठ र उनकै पाँच वर्षीय छोरा कपिल श्रेष्ठको हत्या गराउन लगाउने भाइ रञ्जन र रकम लिएर हत्या गर्ने वाना गाविस वडा नं ८ कै काजी तामाङ र अर्जुन तामाङलाई जन्मकैदको फैसला सुनाएको हो।
रञ्जनले काजी र अर्जुनलाई रु ३० हजार दिएर आफ्नै दाइ लक्ष्मण र भतिजा कपिलको हत्या गर्न लगाएको प्रमाणित भएकाले हत्याका मुख्य अभियुक्त काजी तामाङलाई सर्वस्वसहित जन्मकैद र हत्याका योजनाकार रञ्जन र हत्यामा संलग्न अर्जुनलाई अदालतले जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत चैनपुरका स्रेस्तेदार इन्द्रकमल प्रधानले जानकारी दिए।
प्रकाशित: २९ वैशाख २०७१ ०१:४३ सोमबार