एक सय ३५ कैदी बन्दी अट्ने क्षमता रहेको जलेश्वर कारगारकामा ५ आश्रित बालबालिका सहित ३२ महिला र ४ सय १२ पुरुष गरी ४ सय ४९ जना कैदी बन्दी पहिलेदेखि नै कष्टकर कैदी जीवन बिताइरहेका कारण साह राख्ने ठाउँ नरहेको भन्दै कारागार प्रशासनले अन्य कारागारमा पठाउन अनुरोध पत्र सहित फर्काएको जेलर ठाकुरले बताए।
'यस कारगारमा क्षमता भन्दा चार गुणा कैदी पहिलेदेखि नै रहेकाले साहलाई फर्काउनु परेको हो' जेलर ठाकुरले भने 'सुरक्षाको दृष्टिकोणले समेत जलेश्वर कारगार उच्च जोखिममा रहेकोले यहाँ थप कैदी बन्दी राख्न नसकिने अवस्था रहेको छ।'
सोही घटनामा संलग्न राजन मुक्ति भनिने रंजित झा लगायत आधा दर्जन भन्दा बढी सशस्त्र समूहका अपराधीहरु एकै ठाउँमा रहेकाले कारागारको आन्तरिक सुरक्षालाई समेत ध्यानमा राखि सभासद साहलाई फर्काइएको कारागार प्रशासनले बताएको छ।
कारागार प्रशासनले साहलाई फर्काएपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राख्नु परेको प्रहरी प्रमुख एसपी रामप्रसाद श्रेष्ठले बताए।
कारागारमा थप कैदि बन्दी राख्ने ठाउँ नभएर सभासद साहलाई अहिले प्रहरी हिरासतमा राखेको र उनलाई फर्काउन कानूनी प्रक्रिया मिलाउनु पर्ने भएकाले एक दुई दिन अझै उनलाई यहाँ नै राखिने एसपी श्रेष्ठले बताए।
जिल्ला अदालत धनुषाका अत्तिरिक्त न्यायधीश कैलाश केसीको एकल इजलासले अदालती बन्दोवस्तीको धारा ११८ को देहाय २ बमोजिम साहलाई बिहीबार थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश जारि गरेको थियो। साहलाई गत शनिबार राति प्रहरीले बिरगंजबाट पक्राउ गरि आईतबार अदालतमा बुझाएको थियो । जिल्ला अदालत धनुषामा बादि र प्रतिवादी दुवै तर्फका वकिलहरुको तिन दिने लामो वहस पछि विहिबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारि गरिएको थियो ।
मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चौकमा बसिरहेको शान्तिपूर्ण धर्नामा २०६९ बैशाख १८ गते बम विष्फोट हुँदा पाँच जनाको मृत्यु हुनुका साथै ३२ जना घाईते भएका थिए ।
प्रकाशित: २६ वैशाख २०७१ ००:५८ शुक्रबार


-600x400.jpg)


