५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

रेड कर्नर नोटिस जारी भएका फरार पक्राउ

काठमाडौं— वैदेशिक रोजगार ठगी मुद्दामा रेड कर्नर नोटिस जारी भएका नुवाकोट मदनपुर-७ का विष्णुबहादुर तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ।फुर्वा तामाङको जाहेरीमा काठमाडौं जिल्ला अदालतले २०६६ पुस २७ गते विष्णुबहादुरलाई १ वर्ष ६ महिना कैद एवं एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

उनी सहित ३ जनाले ३२० सर्वसाधारणलाई आकर्षक रोजगारीका लागि बहराइन लगायतका मुलुक पठाउने झुठ्ठा आश्वासन दिइ २ करोड १० लाख ६६ हजार ८२० रुपैयाँ ठगी गरेका थिए। रकम सहित फरार रहेका विष्णुबहादुरलाई खोज्न १ अगस्ट २०१३ मा रेडकर्नर नोटिस जारी गरिएको थियो। पक्राउ उनी लामा इन्टरनेशनल प्रलिका संचालक हुन्।

प्रकाशित: २१ वैशाख २०७१ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App