सिटिजन्स बैंकको मुख्य प्रायोजनमा दशरथ रंगशाला टेनिस कम्प्लेक्स व्यवस्थापन समितिद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा मायांकाले कास्कीकी गंगा शर्मालाई ६–३, ६–४ को सोझो सेटमा हराइन्। मायांकाले १५ हजार र गंगाले ७ हजार ५ सय नगद पुरस्कार पाए। महिला एकल यसै संस्करण थपिएको हो।
भेट्रान्स ३५ वर्षमाथि पुरुष एकलमा कमल भण्डारी विजेता बने। फाइनलमा उनले महेश श्रेष्ठलाई ६–१, ६–३ को सटेमा हराए। सोही उमेर समूहको युगलमा कमलले महेशसँग मिलेर चन्द्र शाही र सोभितमान श्रेष्ठलाई ७–५, ६–४ ले हराउँदै दोहोरो उपाधि जिते।
भेट्रान्स ४५ वर्षमाथि पुरुष एकलमा कृष्णराज घले च्याम्पियन बने। उनले फाइनलमा मनोजविक्रम शाहलाई ५–७, ६–२, १०–६ ले हराएका थिए।
भेट्रान्स ६५ वर्षमाथि पुरुष एकलमा भिक्ट्री शमशेर राणा च्याम्पिय भए। फाइनलमा उनले सिंहबहादुर बस्न्यातलाई ८–६ ले हराए।
विजेतालाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललगायतले पुरस्कार प्रदान गरे। कुल पुरस्कार राशि १ लाख ४५ हजार ५ सय थियो। ९ स्पर्धामध्ये ५५ र ६५ वर्ष माथि बाहेक सबैमा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ।
प्रकाशित: २१ वैशाख २०७१ ०१:२८ आइतबार





