५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

स्कुललाई संगीत पुस्तक

काठमाडौं– संगीतकार शान्तिराम राईद्वारा लिखित ‘मेरो संगीत' पुस्तकको बुधबार विमोचन भएको छ। कक्षा ६ का लागि पाठ्यपुस्तकका रुपमा पाठ्यक्रम विकास केन्›को स्वीकृति पाएको राईको पुस्तकलाई नेपाल म्युजिक सेन्टरले प्रकाशन गरेको हो।संस्कृतिविद् सत्यमोहन जोशी, पत्रकार ईश्वरराज ढकाल, लेखक शान्तिराम राई, गीतकार रत्नशम्शेर थापा, संगीत उद्यमी सन्तोष शर्मा, संगीतकार सुरेश अधिकारी र इमानविक्रम शाहले पुस्तकको संयुक्त विमोचन गरे। यही पुस्तकले गर्दा यस वर्षदेखि औपचारिक रुपमा विद्यार्थीहरुले संगीतको सैद्धान्तिक र व्यावहारिक शिक्षा कक्षा ६ देखि स्कुलमै पढ्न पाउने लेखक राईले बताए।
उनका अनुसार संगीत विषय लिने विद्यार्थीहरुले गाउने, बजाउने र नाच्ने आधारभूत सिप सिक्न पाउनेछन्। पुस्तकमा नेपाली संगीतका विभिन्न शैली र स्रष्टाका परिचय पनि समावेश गरिएको छ। उपत्यकाका लगभग ५० वटा निजी विद्यालयमा यो विषयको यस वर्षदेखि पठनपाठन सुरु हुनेछ।

प्रकाशित: २७ चैत्र २०७० २२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App