४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

साहित्यकार पराजुली सिकिस्त

काठमाडौं– ‘राम्रो रचना मीठो नेपाली' रचना गर्ने साहित्यकार कृष्णप्रसाद पराजुली सिकिस्त भएका छन्। सुगर रोगले लामो समयदेखि ग्रसित साहित्यकार पराजुलीलाई पछिल्लो समय निमोनियाले समेत च्यापेपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो।पराजुलीका छोरा शाश्वत पराजुलीले स्वास्थ्य गम्भीर भएको बताए। ‘स्वास्थ्यमा खासै सुधार भएको छैन। धेरै रोगहरु थपिएका छन्। डाक्टरहरुले अवस्था स्थीर रहेको जनाएका छन्,' शाश्वतले भने। गत आइतबार अस्पताल भर्ना गरिएका पराजुली १० दिनदेखि आइसियुमा छन्।
१९९२ असार २४ मा काभ्रेको भमरकोटमा जन्मिएका पराजुलीका तीन दर्जन कृति प्रकाशित छन्। पराजुलीका ‘नेपाली लोकगीतको आलोक', ‘नेपाली उखान र गाउँखाने कथा', ‘पन्ध्र तारा र नेपाली साहित्य' जस्ता कृति प्रकाशित छन्। पराजुलीका तीन छोरी र दुई छोरा छन्।

प्रकाशित: १९ चैत्र २०७० २१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App