९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

सकारात्मक सोचबारे पुस्तक

काठमाडौं– पत्रकार कमल ढकालले ‘गो अहेड, एक व्यक्ति एक अवतार' नामक पुस्तक लेखेका छन्। प्रज्ञा भवनमा मंगलबार सत्यमोहन जोशी, कमलमणि दीक्षित, स्वामी आनन्द अरुण, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतले पुस्तक संयुक्त रुपमा विमोचन गरे।विभिन्न २८ विधामा संलग्न ५५ जना व्यक्तित्वहरुका सकारात्मक र प्रेरणादायी प्रसंग पुस्तकमा समावेश गरिएको छ। ‘पुस्तकलाई परोपकारी पत्रकारिताको उदाहरणका रुपमा लिएको छु। पत्रिकामा समावेश लेखहरुलाई छनोट गरेर पुस्तकको रुपमा प्रस्तुत गरिएको हो। राम्रो कामलाई प्रोत्साहित गर्ने पत्रकारिता हुनुपर्छ भन्ने मान्यता मेरो हो,' सञ्चारकर्मी रवीन्द्र मिश्रले भने। 
लेखक अमर न्यौपानेले पुस्तकलाई फिल्मको ट्रेलर बताए। ‘सरल भाषा र शुद्ध वाक्यहरु पुस्तकमा समावेश भएका छन्,' उनले थपे। कार्यक्रममा स्वामी आनन्द अरुणले नकारात्मक सोचलाई निरुत्साहित गरेर सकारात्मक सोच राख्ने बानीको सुरुवात गरे परिवर्तन सम्भव रहेको धारणा राखे। 
‘नेपालको राजनीति कुहिएको आलुजस्तो हो, जहाँ छिर्योत, त्यही असर गरिहाल्छ। राम्रा मान्छे भए पनि केन्द्रमा राजनीति गर्ने नराम्रा व्यक्तिका कारण तीन करोड जनताले दुःख पाइरहेका छन्,' उनले भने। 
कार्यक्रमको आयोजना घोस्ट राइटिङ नेपालले गरेको थियो। ‘पाँच वर्षअघि सकारात्मक सोचका लेखहरु आउनुपर्छ भन्ने मान्यताले ‘गो अहेड' नामक स्तम्भको जन्म भयो,' लेखक ढकालले भने। 
कार्यक्रममा हरिवंश आचार्य, उपेन्द्र महतो र योगी विकासानन्द लगायतले बोलेका थिए। पुस्तकलाई रेकी योग प्रकाशनले बजारमा ल्याएको छ।

प्रकाशित: १८ चैत्र २०७० २३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App