५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

पाँचसय किलो सुपारीसहित चार तस्कर पक्राउ

रौतहट- रौतहटको राजपुर फरहदवाबाट पाँचसय किलो सुपारीसहित चार जना तस्कर पक्राउ परेका छन्। गौरबाट सुपारी खरिद गरी ग्रामिण भेगबाट भारतको घडासहानतर्फ जाँदै गरेका तस्करहरुलाई गएराति इलाका प्रहरी कार्यालय राजपुर फरहदवाका प्रहरी टोलीले पक्राउ गरेको हो।

मठिया गाविसका रामअवध सिंह, राजकुमार सिंह, सुरजकुमार कलवार र प्रदुमन साहले चार वटा मोटरसाइकलमा दुई/दुई बोरा सुपारी राखेर सीमापारी जानेक्रममा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भिम ढकाले बताए।
प्रहरीले तस्कर चढेको ना२५प ८६३२, बा४प ३१३२, विआर३०एफ ६८५५ र विआर ३००, ८७५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ। आठ बोरा सुपारी र मोटरसाइकल गौर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रनाउ ढकालले बताए।

प्रकाशित: १७ चैत्र २०७० ००:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App