२७ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

कुलीन वर्गबाट संघर्ष

प्रतिभा राणाको जीवन आम महिलाको जस्तो अन्याय र विभेदले भरिएको थिएन। उनी सम्पन्न परिवारबाट राजनीतिमा आउने थोरैमा नेतृमा पर्छिन्। २०४६ सालको परिवर्तनपछि राजनीतिमा आएकी उनी त्यसअघि सामाजिक काममा सक्रिय थिइन्।रेडक्रस र वीर अस्पतालमा स्वयंसेवी भएर काम गरेकी राणाले स्वदेशी/विदेशी गैरसरकारी संस्थामा रहेर निरन्तर महिला विकाससम्बन्धी काम गरिन्। ‘आफूले दुःख झेल्नु नपर्दा भाग्यशाली महसुस गरे पनि अरुको दयनीय अवस्थाले बिझायो,' भन्छिन्, ‘नीतिनिर्माण तहमा महिला नपुगेसम्म उनीहरुको उत्थान हुने पोलिसी भन्दैन भन्ने लागेपछि राजनीतिको बाटो रोजेँ।'
राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएर राजनीतिक जीवन सुरु गरेकी उनी अहिले केन्द्रीय सदस्य छिन्। देशमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि नेताहरुको सोच परिवर्तन नहुँदा महिला वर्ग पछाडि परेको उनको विश्लेषण छ। गर्भपतन र सम्पत्तिमाथिको अधिकारको कानुनी व्यवस्था भए पनि लागू हुन नसकेकोमा उनको गुनासो छ। 
निम्न र उच्च दुवै वर्गका महिला पीडित रहेको अवस्थालाई उनी यसरी अर्थ्याउँछिन्,’तल नपढेको भनेर पछि पारिन्छ, माथि प्रतिस्पर्धामा आउला भनेर खुट्टा तान्ने कोसिस हुन्छ।'
समानुपातिक प्रतिनिधित्व नहुँदा पुरुष नेताको दया–मायामा चल्नुपर्ने अवस्थाको भुक्तभोगी ठान्छिन् उनी। पार्टीको प्रमुख सचेतक उनी लामो समय पार्टीमा लाग्दा पनि अध्यक्ष र महामन्त्री बन्न नपाउनुलाई विभेदकै परिणम मान्छिन्।

प्रकाशित: २५ फाल्गुन २०७० ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App