पहिलो संविधानसभा निर्वाचनमा बाँके ४ बाट विजयी सुवेदी २०५० सालमा अखिल नेपाल महिला संघ क्रन्तिकारीमा केन्द्रीय अध्यक्षको भूमिका निभाइन्। पार्टी भूमिगत भएपछि उनी पनि भूमिगत राजनीतिमा लागिन्। विद्रोहकालमा बाँके, बर्दियालगायत जिल्लामा काम गरिन्।
विद्रोहकालमा विभिन्न जिल्ला घुम्न पाएकी सुवेदी अझै पनि महिला पुरुषवादी चिन्तनको सिकार बन्नुपरेको अनुभव सुनाउँछिन्। महिला अधिकार स्थापित गर्न स्रोतसाधनमा पहुँच स्थापना गराउनुपर्ने धारणा राख्छिन् सुवेदी ।
महिलाका पक्षमा आएका हरेक परिवर्तन विद्रोहकै कारण सम्भव भएको उनको धारणा छ। छोरीमान्छे घरबाट निस्कनै हुँदैन भन्ने धारणा तोड्न ‘जनयुद्ध' सफल भएको उनको मान्यता छ। ‘पुरुषवादी मानसिकताको पूरै केही हदसम्म अन्त्य जनयुद्धले गरेको छ,' सुवेदी भन्छिन्, ‘यही कारण जनमुक्ति सेनामा ४० प्रतिशत भन्दा बढी महिला सहभागी भएर लडे।' योगदानअनुसार महिला सहभागिता नभएको उनको गुनासो छ। ‘३३ प्रतिशत सहभागिता जुटाउन पनि मुश्किल छ,' उनी भन्छिन्।
सुवेदी अहिले एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य छिन्।
प्रकाशित: २५ फाल्गुन २०७० ०१:१५ आइतबार





