९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

तेह्र वर्षमै क्रान्तिमार्ग

२०२८ सालमा झापा जिल्ला कमिटीले गरेको सशस्त्र संघर्षको निर्णयले कम्युनिस्ट आन्दोलनमा हलचल नै ल्यायो, त्यसको तरंगले गौरा प्रसाईंलाई पनि नराम्रोसँग हल्लायो। त्यो आन्दोलनमाथिको दमनबाट बच्न कयौं व्यक्ति भारत पसे। केहीले भूमिगत जीवनमार्फत आन्दोलन चर्काउने योजना बनाए।


विद्रोहपछिको जटिल परिस्थिति नै गौराका लागि राजनीतिमा लाग्ने सन्दर्भ बन्यो। निरंकुश व्यवस्थाको विरोधमा उनी १३ वर्षको कलिलो उमेरमै क्रान्तिमा लागिन्। त्यो घटनापछि समाज आतंकित थियो। सामन्त र जमिनदारको अत्याचारको भेउ पाउन सक्ने भइसकेकी थिइन् उनी। अब गौराका सामु दुई विकल्प थिए, महिला मुक्तिका लागि लड्ने कि सामन्तको सिकार हुने?
उनले पहिलो विकल्प रोजिन् जसले उनलाई भूमिगत बनायो, जेलको कठोर यातना दिलायो, पार्टीभित्रकै थिचोमिचोको नराम्रो अनुभव गरायो र सबैभन्दा पीडादायक अवस्था– कसैले भारतको कोठीमा बेचिदियो। 
नेकपा (एमाले) सम्बद्ध प्रसाईं यस्तो साहसी नेतृ हुन् जसले संघर्षमात्र गरिनन्, संघर्षका तीता र ‘घीनलाग्दा' क्षणलाई आत्मकथामा लिपिबद्ध गरिन्।
‘हामीले महिलाका लागि जे खोजेर आन्दोलन गर्यौंण, त्यो नपाए पनि लेख्ने, बोल्ने र सचेत हुने वातावरण बनेको छ,' उनी भन्छिन्, ‘तर दलले अझै पनि महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको छैन। राजनीतिक, सामाजिक र धार्मिक हिंसाको सिकार महिला भइरहेकै छन्।'
महिलालाई यसबाट मुक्त गर्ने चिन्तामै छिन् गौरा। बोल्न नपाउने, समान्तले लुट्दा पनि टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था सुध्रनुलाई भने उनी चरण–चरणका राजनीतिक आन्दोलनको उपलब्धि मान्छिन्। 
‘महिलामाथि पार्टीको मूल्यांकन अहिले पनि सही छैन। स्वच्छ र पवित्र छैन। म सन्तुष्ट छैन। आरक्षणको प्रतिबद्धता पालना भएको छैन,' महिला उत्थानका लागि संघर्ष नसकिएको एमाले सभासद प्रसाईंको निष्कर्ष छ।

प्रकाशित: २४ फाल्गुन २०७० ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App