१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

श्रीजुको ग्ल्यामर भोक

पाटन, सुन्धाराकी श्रीजु नापित सफल मोडल बन्ने धुनमा छिन्। उनका घरपरिवार तथा टोलछिमेकमा कोही पनि यो पेशामा छैनन्। घरका अभिभावकले कति पटक उनलाई यतातिर नलाग्न सुझाव दिइसकेका छन्। तर, उनी मोडलिङको नशा र ग्ल्यामरको भोकले चुर छिन्। अघिल्लो वर्ष भेसलिन स्किन टेस्ट प्रतियोगितामा आवेदन दिँदासम्म उनलाई आफ्नो रूप र सौर्न्दयको खासै परख थिएन। 'साथीहरूले राम्री छस् त भन्थे, तर म आफूलाई त्यति धेरै राम्री ठान्दिनथेँ,' उनले भनिन्। भेसलिन स्किन टेस्टको विजेता भएपछि उनले एक वर्षसम्म भेसलिनको पेपर एडमा मोडलिङ गर्ने अवसर पाइन्। यस वर्षका लागि पनि भेसलिनले पेपर एडका लागि उनैलाई लिएको छ। श्रीजु अहिले भाटभटिनी सुपरमार्केट, गुड लाइफ बिस्कुट, एनआइसी एसिया, सीजी सिमेन्ट आदिका विज्ञापनमा देखिन्छिन्। केही म्युजिक भिडियोमा अभिनय गरेकी श्रीजु फिल्ममा अभिनय गर्ने योजना बनाइनसकेको बताउँछिन्। 'अहिलेलाई मोडलिङमै करिअर बनाउने योजनामा छु,' उनी भन्छिन्। मोडलिङको भरमा मात्र जीवन धान्न मुस्किल पर्ने अनुभव गरेकी श्रीजु सँगै अन्य पेशा पनि अपनाउने विचारमा छिन्। बीबीएस सकेर बसेकी उनी आफूलाई सक्षम बनाएर अघि बढ्ने हो भने कुनै पनि पेशामा टिक्न सजिलो हुने र शोषणमा नपरिने बताउँछिन्। 
यसपालिको ब्लोअपमा श्रीजु।

प्रकाशित: १६ फाल्गुन २०७० ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App