१३ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

आर्मीलाई ह्यान्डबल उपाधि


काठमाडौं- नेपाल आर्मीले नेपाल टेलिकम कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ। लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको फाइनलमा आर्मीले र सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २६–२० ले पराजित गर्यो्। विजेता आर्मीका अमर श्रेष्ठले ९ गोल गरे भने एपीएफका विपिन विष्टले ८ गोल गरे। अमर प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए। त्यसवापत उनले ५ हजार नगद पुरस्कार पाए।नेपाल ह्यान्डबल संघद्वारा आयोजित प्रतियोगितामा लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपको उपाधि विजेता पश्चिमाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो। 
पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २३–१७ ले हरायो। पश्चिमाञ्चलका चन्द्र केसीले ८ तथा सुदूरपश्चिमाञ्चलका प्रवीण ओझाले ५ गोल गरे।
नेपाल टेलिकमको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार हात पारे।
विजेतालाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई, प्रमुख सेनानी प्रकाशजंग कार्की र एपीएफका अत्तिरिक्त प्रहरी महानिरीक्षक दुर्जकुमार राईले पुरस्कृत गरे।
फागुन १ गतेदेखि सुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र, टेलिकम, आर्मी र एपीएफ गरी ८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ५ फाल्गुन २०७० २१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App