उसो त यसका निर्माता अर्जुनकुमार पनि अनुपलाई फिल्मको निर्देशक होइन, हिरो बनाउन चाहन्थे। 'मैले उहा“लाई फिल्मको हिरो बनाउने सोचेको थिए“, त्यही अनुसार कुरा भएको थियो,' उनले भने।
फिल्मका लेखक यज्ञश, निर्माता अर्जुन र अनुप स“गै भएका बेला निर्देशक कसलाई लिने भन्ने छलफल चल्यो। लेखक यज्ञशले अनुपलाई संकेत गर्दै भनिदिए, 'आफ्नै अघि निर्देशक हु“दाहु“दै अर्को निर्देशक किन खोज्नुहुन्छ?' अर्को भेटमा छायांकार पुरुषोत्तम प्रधानले पनि त्यही कुरा दोहोर्यादएपछि अर्जुनले अनुपलाई निर्देशक बन्न जोड गरे। फिल्मको अभिनेताका लागि कुरा गर्न आएका अनुप निर्देशकको जिम्मेवारी लिएर फर्किए। माघ ७ गते रिलिज हुने फिल्ममा सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत, शान्ति गिरी, लक्ष्मी गिरी, धीरेन्द्र प्रेमर्षिलगायत कलाकारले अभिनय गरेका छन्। निर्माणमा अर्जुनकुमारस“ग सुमित मैनालीले सहकार्य गरेका छन्। आइतवार फिल्मको पोस्टर र गीतको भिडियो सार्वजनिक गरिएका थिए।
प्रकाशित: ९ माघ २०७० २२:२४ बिहीबार





