६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

६ घरमा डकैती

रौतहट – विश्रामपुर गाविस ८ स्थित बलेरीखोर भोटियाटोलका ६ घरमा शुक्रबार बिहान डाँका लागेको छ। डाँका समूहको आक्रमणबाट एक स्थानीय घाइते भएका छन्। बिहान २ बजेतिर हातहतियारसहित आएको ५÷६ जनाको समूहले स्थानीयहरूको घर प्रवेश गरी एकलाख मूल्य बराबरको धनमाल लुटेको स्थानीयले बताएका छन्।
जंगल छेउको बस्तीमा नकाब लगाएर आएको डाँका समूहले रामबली सहनी, रामप्रसाद पासवान, प्रतापी राम, किशोरी राम र सानीमाया तामाङको घरमा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सो समूहले नगद, गरगहना, मोबाइललगायत सामान लुटेर लगेका छन्। घटनाबारे अनुसन्धान र अपराधीको खोजी भइरहेको प्रहरी उपरीक्षक उमेश रंजितकारले बताए। लुटेर समूहले रामप्रसाद पासवानलाई कुटेर घाइते बनाएका थिए।

प्रकाशित: २६ पुस २०७० ००:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App