३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

एपिएफ राष्ट्रिय ह्यान्डबलको फाइनलमा

पोखरा– राष्ट्रिय ह्यान्डबल प्र्रतियोगिताको पुरुषमा पश्चिमाञ्चल र एपिएफ तथा महिलामा पूर्वाञ्चल र एपिएफ क्लब फाइनल पुगेका छन्। प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत पुरुषमा १६औ र महिलामा ७औं संस्करणमा प्रतियोगिता भइरहेको छ।

बिहीबार पुरुषतर्फ सेमिफाइनलमा पश्चिमाञ्चलले त्रिभुवन आर्मी क्लबलाई ३०–१९ गोलले पराजित गर्यो । अर्को सेमिफाइनलमा एपिएफले मध्यमाञ्चलमाथि २७–१३ को विजय पायो।
पश्चिमाञ्चलको जितमा शरण थापा र वासु गुरुङले ९–९ तथा प्रेम गुरुङले ७ गोल गरेका थिए। आर्मीका अमर श्रेष्ठले एक्लैले १० गोल गरे। 
एपिएफको फराकिलो जितमा विमलकुमार भट्टले ५ र रामप्रसाद तिमल्सिनाले ४ गोल गरे। मध्यमाञ्चलका निमा शेर्पाले ४ गोल गरे। 
पोखरा रंगशालामा सम्पन्न महिलातर्फ सेमिफाइनलमा एपिएफले आर्मीलाई १८–१ ले हरायो। एपिएफका बन्दना राईले ८ र उमा राईले ६ गोल गरेका थिए। आर्मीबाट एकमात्र गोल दुर्गा बोहराले गरिन्। पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि १३–८ को विजय प्राप्त गर्यो्। पूर्वाञ्चलबाट जुना राईले ७ र कविता राईले ३ गोल गरे। पश्चिमाञ्चलकी एलिना पुनले ३ गोल गरिन्। फाइनल शुक्रबार हुने ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए।

प्रकाशित: २५ पुस २०७० २०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App