अर्का टिप्पणीकार प्रदीप ज्ञवालीले भने उपन्यासलाई दार्शनिक विचार भएको आख्यानको रुपमा चर्चा गरे । 'उपन्यासले महत्वपूर्ण वैचारिक र दार्शनिक प्रश्नहरु उठाएको छ तर उपन्यासलाई नेपाली वामपन्थी आन्दोलनको बिसर्जनको दस्तावेज हो भनेर फैसला गर्नु हतार हुनेछ ।'
त्यस्तै अर्का वक्ता रवीन्द्र अधिकारीले उपन्यासलाई वामपन्थी आन्दोलनको चित्रको रुपमा व्याख्या गरे । 'उपन्यास वामपन्थी आन्दोलनको एउटा जीवन्त तस्बिर हो । उपन्यासले खास गरी पञ्चायतकालिन कालखण्डका प्रवृतिलाई अंकन गरेको छ,' उनले भने ।
पत्रकारिता र स्वतन्त्र लेखन दुवैमा उत्तिकै भिजेका झलक सुवेदी राजनीति, अर्थशास्त्र र समाजसँग सम्बन्धित लेख रचनाका लागि चिनिएका छन् ।
पञ्चायत कालमा विद्यार्थी आन्दोलनमा संलग्न सुवेदीले यसअघि 'नेपाली विद्यार्थी आन्दोलनको आधा शताब्दी' र 'ब्रिटिश साम्राज्यका नेपाली मोहरा' शीर्षकका दुई कृति प्रकाशित छन् ।
पञ्चायती व्यवस्थाको उत्कर्षमा नेपालको राजनीतिक आन्दोलनमा संलग्न युवायुवतीले गरेको उत्सर्गका कथामा आधारित राजनीतिक उपन्यासले सर्वसाधारण जनताले राज्यबाट भोगेका तिरस्कार, अपमान र ग्रामिण समाजमा रहेको शक्ति सम्बन्धलाई उजागर गरेको छ ।
इतिहास र स्वैरकल्पनाको दोसाँधमा रहेर लेखिएको यो उपन्यासमा नेकपा मालेको गठन, विकास र त्यसको ओरालो पाइलाका यात्री बनेका मानिसहरुको त्याग समर्पण र राजनीतिले उजाड बनाएका मानिसको जीवन्त अभिलेख पाइन्छ । पुस्तकलाई फाइनप्रिन्टले प्रकाशन गरको हो।
प्रकाशित: ८ पुस २०७० २३:५८ सोमबार





