२१ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

'एलओडी क्लब' डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं ठमेलस्थित ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२६  का लागि क्याम्पेनमा एलओडी पुन: परेको हो।

डिजे म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।

यस वर्ष पनि एलओडी क्लबले टप १०० क्लबको सूचीमा परेकाले भोट गर्न अपिल गरेको छ। एलओडी नेपालको वेभसाइटमा गएर डिजे टप १०० क्लबमा क्लिक गरेर भोट गर्न सकिने छ।

मतदान गर्न वा गुगलको वा एप्पलको अप्सन आउँछ। डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा 'सबमिटमा' क्लिक गर्नुपर्छ।  

प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन्। अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडी लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ।

एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा राष्ट्र सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए।

छनौटमा सय क्लबको छनौटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ।

विश्वका उत्कृष्ट क्लबहरूमध्ये एलओडी ४४ औँ स्थानमा रहेको छ।

सन् २०१९ मा स्थापना भएको एलओडीले साउन्ड, अत्याधुनिक लाइटिङ र सांगीतिक वातावरणको उच्चतम माहोल बनाएको श्रेष्ठले बताए। उनका अनुसार साउन्ड र लाइट सिस्टमलाई स्तरोन्नति गर्दै पाहुनाहरूका लागि अझ सहज र सुरक्षित वातावरण बनाएको  छ।

'एलओडी क्लब केवल एउटा नाइटक्लब मात्र होइन, यो नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक पनि बनेको छ,' उनले भने, 'नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरू मार्फत क्लबले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्दै आएको छ। जसले राष्ट्रिय एकता र गर्वको भावना अझ बलियो बनाएको छ।'

एलओडी क्लब विदेशी र स्वदेशी पर्यटक दुवैका लागि ठमेलको एउटा गन्तव्य बनिसकेको उनले बताए।

एलओडी क्लब सन् २०२२ मा ५२,२०२३ मा ४९, २०२४ मा ५० र २०२५ मा ४४ औँ स्थानमा परिसकेको छ।

एलओडी क्लबले केही वर्षमै आफ्नो उत्कृष्ट स्थान बनाएर विश्वस्तरीय पहिचान बनाइसकेको क्लबका निर्देशक श्रेष्ठले बताए।

प्रकाशित: १३ माघ २०८२ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App