१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

लागुऔषध कारोबार गर्ने दुई जना पक्राउ

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीको लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषधको कारोबार गर्ने दुई जनालाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा उपमहानगरपालिकाको नयाँबजारमा बस्ने संजिता गुरुङ र सिद्धार्थ नगर वडा नं १३ मा घर भई सोही ठाउँमा डेरा गरी बस्ने लाला चौहान छन्।

उनीहरूबाट प्रहरीले नर्फिन इन्जेक्सन १९२ थान, डाइजेपाम इन्जेक्सन १९२ थान, फेनारगन इन्जेक्सन १९२ थान, मोबाइल चार थान र नगद चार हजार ८७० पनि बरामद गरेको छ। रासस

प्रकाशित: ७ पुस २०७० ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App