१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

चेलीबेटी बिक्री गर्न खोज्ने दुई दलाल पक्राउ

पर्सा- ललाइफकाई खाडी मुलुकमा बेच्न लैजाँदै गरेका युवतीहरूको आज उद्धार गरिएको छ। चेलीबेटी बेचबिखनमा संलग्न दुई जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ। माइती नेपालको सहयोगमा वीरगन्जको इनर्वाबाट पर्साको ठारीका दुई युवतीको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

युवतीलाई बिक्रीका लागि लैजाने भारतीय नागरिक भारतको विहार बेतियाका ओमप्रकाश साह र पूर्वी चम्पारण रक्सौलका राजकिशोर महतोलाई पक्राउ गरिएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ भने उद्धार गरिएका चेलीलाई माइती नेपालमा राखिएको छ।
यसैबीच धामीझाँक्री हुँ भन्दै सर्वसाधारणलाई झुक्काई रु छ लाख असुली गर्ने बारा बुनियाद गाविस वडा नं २ बस्ने चन्द्रिकाप्रसाद मण्डललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई वीरगन्जको बसपार्कबाट पक्राउ गरिएको हो। रासस

प्रकाशित: ७ पुस २०७० ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App