१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

'सेलिब्रिटी होइन, क्रिकेटर हुँ म'

नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्याआएपछि पारस खड्कालाई भ्याइ–नभ्याइ छ। कीर्तिपुरमा गएर अभ्यास गर्नु, सम्मान थाप्नु छँदै छ। विभिन्न ठूला हाउस उनलाई ब्रान्ड एम्बेसडर बनाउन दौडधुप गरिरहेका छन्। न्युजिल्यान्डमा अर्को महिना हुने एकदिवसीय विश्वकपमा सबैको ध्यान मोडिएको छ। धेरैको आशा नेपालमाथि छ, त्यसमा कप्तान पारस खड्काको प्रदर्शनमा धेरै कुरा निर्भर गर्छ। उनीसँग शुक्रवारका लागि विनोद पाण्डेले गरेको कुराकानीः


नेपाल ट्वान्टी–२० विश्वकपमा पुगेपछि कस्तो प्रतिक्रिया पाउनुभयो?
एकदमै राम्रो स्वागत पाएका छौँ। अब त सबै नेपालीले क्रिकेट मन पराउने र क्रिकेट पछ्याउने भइसके छन्। सबै खुशी छन्। यो कुराले हामीलाई पनि खुशी बनाएको छ। क्रिकेट भर्खर बुझ्न लागेकाले नेपालले विश्वकप जितेसरह खुशी भएको छ। खेलबारे अलि कम बुझ्नेले क्रिकेट कसरी खेलिन्छ? भनेर बुझ्नतिर लागेका छन्। धेरै माया, मान र सम्मान पाइएको छ।
यसलाई निरन्तरता दिन के–कस्ता चुनौतीको सामना गर्नुपर्ला अब?
हामीले जसरी खेल्दै आएका थियौँ, त्यसरी नै खेल्दै जाने हो। हामीले यसलाई चुनौतीभन्दा पनि अवसरका रूपमा लिएका छौँ। यो अवसरलाई सक्दो सदुपयोग गरी नेपालीलाई अझै खुशी बनाउने कोसिस गर्नेछौँ।
एकदिवसीय विश्वकपको यात्रा सजिलो छैन नि?
हामीले आफ्नो क्षमताअनुसार खेल्नुपर्योि। ट्वान्टी–२० मा पनि हामीले अवसर पाएका थियौँ, राम्रो खेलेर विश्वकपमा छनोट भयौँ। एकदिवसीय विश्वकप छनोट पनि त्यस्तै हो। सबै टोली उत्तिकै तयारी गरेर आएका हुन्छन्। हरेक खेलाडीले राम्रो प्रदर्शन गर्न जरुरी छ। सबैको प्रयासमा नेपाली टोलीले राम्रो खेल्ने हो।
न्युजिल्यान्डमा जित्ने सम्भावना कत्तिको छ? 
सम्भावना राम्रो छ। विश्व ट्वान्टी–२० छनोटमा हामी आयरल्यान्ड र अफगानिस्तानबाट मात्र पछाडि रह्यौँ। यही वरीयतालाई पछ्याउने हो भने हामी स्वतः दाबेदार टोली हौँ। तर, हरेक खेल हरेक प्रतियोगिता शून्यबाट सुरु हुन्छ। हामीले सुरुआतदेखि नै राम्रो खेल्नुपर्छ। पहिला के भयो भनेर हेर्नु हुँदैन। अब के गर्ने हो, त्यसमा ध्यान दिनुपर्छ। 
नेपाली टोलीको विशेषता भन्नुपर्दा?
सबै पक्षमा हामीले राम्रो गरिरहेका छौँ। पहिला हाम्रो बलिङ राम्रो र ब्याटिङ कमजोर, फिल्डिङ बलियो भनिन्थ्यो। अहिले चाहिँ ब्याटिङ राम्रो, बलिङ कमजोर हो कि भन्ने प्रश्न आएको छ। तर, हामीले सबै क्षेत्रमा राम्रो गर्ने प्रयास गरिरहेका छौँ। पहिला हामीले आफ्नो प्रतिभा र क्षमताअनुसार खेल्न सकेका थिएनौँ होला। अहिले राम्रो गरिरहेका छौँ। एउटा टोलीका रूपमा राम्रो खेलिरहेका छौँ। खेलाडीले आवश्यक समयमा खेलिरहेका छन्। पहिलेभन्दा खेलाडीले आफ्नो जिम्मेवारी बुझेका छन्। उनीहरू आफ्नो जिम्मेवारी पूरा गर्न उत्सुक छन्। 
दुई वर्षअघिको क्रिकेट कस्तो पाउनुहुन्छ?
खेलाडीको प्रदर्शनबाहेक अन्यमा मैले त्यस्तो केही परिवर्तन पाएको छैन। अब परिवर्तन हुने मैले आशा गरेको छु। सरोकारवाला गम्भीर हुन जरुरी छ। क्यानले गति लिन जरुरी छ। मैले पहिलो पनि भन्दै आएको छु, जसरी खेलाडीले राम्रो प्रदर्शन गरेनन् भने टिमबाट हट्नुपर्छ, त्यसै गरी काम गर्न नसक्नेले क्यानबाट हट्नुपर्छ। मैले राम्रो गर्न सकिनँ भने टिम छाड्नुपर्छ। यो कुरा सबै ठाउँमा लागू हुनुपर्छ। क्रिकेटलाई कहाँबाट कसरी अगाडि बढाउने भन्नेमा क्रिकेट प्रशासनको ठूलो भुमिका हुन्छ। 
पछिल्ला दुई वर्षमा पारस खड्का देशको ठूलो सेलिब्रिटी भइसकेको हो? 
नेपालमा कसलाई सेलिब्रिटी भन्ने, कसलाई नभन्ने मलाई थाहा छैन। म त क्रिकेट खेलाडी हुँ। एउटा कप्तानको रूपमा आफू राम्रो खेलेर टोलीको प्रदर्शनलाई हेर्छु। मैदानमा खेलाडीले राम्रो प्रदर्शन गरेपछि अन्य आवश्यक पक्ष पनि अगाडि आउँदै जान्छन्। आफू त सकुञ्जेल खेल्ने हो, खेलाडीको काम यही त हो नि। होइन र? भारतीय खेलाडी युवराज सिंह, वीरेन्द्र सहवागले एउटा विज्ञापनमा भनेका छन् नि, 'जबसम्म शक्ति छ, तबसम्म खेलिरहने हो।' त्यही शक्तिको भरमा नेपालीहरूको माया, मान–सम्मान पाएको छु। सेलिब्रिटी भन्या त्यस्तै हो।
जुन हिसाबमा अहिले क्रिकेट चलिरहेको छ, त्यो हिसाबले त क्रिकेटमा नयाँ खेलाडी अगाडि आउन निकै गाह्रो पो देखिन्छ?
खेलाडी छैन भनेर त भन्दिनँ। तर, खेलाडी आउने प्रक्रिया चाहिँ छैन। खेलाडीलाई ग्रुम गरेर अगाडि ल्याउने योजना छैन। अहिले सबैको ध्यान राष्ट्रिय टोलीमा छ। विश्वकपमा पुग्यो, यस्तो गर्योग, उस्तो गर्योज भन्छन्। यू–१९ टोली एसिया कप खेल्न जान लागेको छ। उनीहरूले पाउनुपर्ने कुनै सुविधा पाएका छैनन्। 'जहाँ गुलियो, त्यहाँ भुलियो' जस्तो भइरहेको छ। जसले राम्रो गर्योू त्यसको वाहवाही गर्ने र अरू कसैको मतलब नै नभएको जस्तो। यो सबै सिस्टम नभएर हो। सिस्टम राम्रो नभएसम्म खेलाडीको हेरचाह गर्ने कोही हुँदैन। त्यसैले पहिला सिस्टम बनाउनुपर्छ। त्यसका लागि योभन्दा राम्रो समय र अवसर कहिल्यै पनि हुँदैन होलाजस्तो लाग्छ।

प्रकाशित: ७ पुस २०७० ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App