ओखलढुंगा– संविधानसभा निर्वाचनमा ओखलढुंगा क्षेत्र नम्वर १ मा नेकपा एमाले र २ मा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन्। क्षेत्र नम्बर १ मा नेकपा एमाले यज्ञराज सुनुवार १२ हजार ९ सय ४३ मत ल्याई विजय भएका छन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बालकृण दाहालले ९ हाजार ९ सय त्रिचालीस मत पाप्त गरेका छन्। त्यसै गरी एकिकृत माओवादीका केशव राईले २ हजार ९ सय ६३ मत पाप्त गरेका छन्। एमालेले ओखलढुंगामा पहिलो पटक जितेको हो। कुल खसेको मध्ये २८ हजार ७ सय ८४ मत अर्थात ७३ प्रतिशत मत खसेकोमा ३.७० प्रतिशत वदर भएको थियो । अघिल्लो संविधान सभामा समेत यी तिनै उम्मेदवार प्रतिस्पधामा थिए । भने केशव राई ११ हजार ६ सय ३५ मतले विजय भएका थिए ।क्षेत्र नम्वर २ मा भने नेपाली कांग्रेसका रामहरि खतिवडा १३ हजार ९ सय ४ मत प्राप्त गरी विजय भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका नानीवावु वुढाथोकीले ८ हजार ५ सय १० मत प्राप्त गरे। खतिवडाले प्रतिस्पर्धामा रहेका नानीवावु वुढाथोकीको भन्दा ५ हजार ३ सय ९४ मत बढी ल्याएका छन्। त्यसै गरी एमाओवादीका केन्द्रिय सदस्य पेशल खतिवडाले ३ हजार ६ सय ३६ मत प्राप्त गरे। कुल खसेको मध्ये २९ हजार ६ सय ३ मत अर्थात ७२.४५ प्रतिशत मत खसेकोमा ३.७० प्रतिशत वदर भएको थियो। खतिवडाले प्रतिस्पर्धामा रहेका नानीवावु वुढाथोकीको भन्दा ५ हजार ३ सय ९४ मत बढी ल्याएका छन् । वषौ देखि नेपाली कांग्रेसले अत्याधिक मतको अन्तरले विजय हासिल गर्दै आएको यो क्षेत्रमा अघिल्लो संविधानसभा निर्वाचनमा एकिकृत माओवादीका वालकृष्ण ढुंगेल ११ हजार ६९ मत ल्याई विजयी भएका थिए।
विजय भएपछि अदालत परिसरमा बोल्दै खतिवडाले लोकतान्त्रिक संविधान निर्माण र जिल्लाको विकास निर्माणमा प्रतिवद्ध भएर लाग्ने बताए।
प्रकाशित: ८ मंसिर २०७० ०७:३३ शनिबार





