८ वैशाख २०८१ शनिबार
अन्य

ज्यानमारा पोखरी

पोखरीमा मानिस डुबेर मरेको प्रसंग जताततै सुन्न पाइन्छ । पोखरीमा पोलेर मरेको कुरा धेरैका लागि नौलो हुन सक्छ । तर, यो कुरा साँचो हो । न्युजिल्यान्डस्थित वेमांगु पोखरीमा पानी भकभक उम्लिरहेको हुन्छ । त्यसैले कुनै मानिस त्यसमा पस्यो भने डुबेर मर्नुअगावै पोलेर उसको प्राणपखेरु उडिसकेको हुन्छ । 

पोखरीको पानी ६० डिग्री सेल्सियससम्म तातो हुन्छ । यही तातो पानी भएको पोखरी हेर्न भनेर देशविदेशबाट मानिस जाने गरेका छन् । पोखरीको सतहमाथि कार्बन डाइअक्साइड र हाइड्रोजन सल्फाइडको बाफ निरन्तर उडिरहेको हुन्छ । सन् १८८६ मा अहिले पोखरी रहेको ठाउँमा १५ वर्षसम्म लगातार ज्वालामुखी विष्फोट भएको थियो । 

ज्वालामुखी विष्फोट भएको ठाउँमा खाडल भएपछि सोही ठाउँमा छ मिटर गहिरो र ३८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पोखरी जमेको थियो । ज्वालामुखी भएको ठाउँमा पोखरी जमेको हुनाले यसको पानी नित्य तातो हुने गरेको हो ।

प्रकाशित: ११ माघ २०७७ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App