६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

तीन बलात्कारी प्रहरी नियन्त्रणमा

रमेश क्षेत्री, दमक,पुस १९- झापाको दमक ९ स्थित चियाबगानमा युवतीलाई सामूहिक बलात्कार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक-९ का १९ वर्षीय आशिष दर्नाल, १७ वर्षीय सन्दिप दर्जी र १७ वर्षीय सचिन भट्टराई छन्। बलात्कारमा संलग्न केही फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई म्याद थपका लागि सदरमुकाम चन्द्रगढी लगिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक हरी खतिवडाका अनुसार साँझ ६ बजेतिर ती युवाहरुले एक साथीसँग गफ गरीरहेकी यूवतीलाई नियन्त्रणमा लिएर चिया बगानभित्र लगि सामूहिक बलात्कार गरेका थिए।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत चिया बगानस्थित धर्धरे खोलाको कल्भर्टमा साथीसँग गफ गरेर बसीरहेकी युवतीलाई सो समूहले यिन्त्रणमा लिएको थियो। युवतीसँग गफ गरिरहेका युवकलाई ती युवाले कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ। ती युवकले प्रहरीलाई खबर गरेपछि प्रहरीले संलग्नको खोजी गरेको थियो।

प्रकाशित: १९ पुस २०६९ ०५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App