६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

हबल्दार नैन सिंह

कथा

कथाकार लोकराज भट्ट

लोकराज भट्ट

बाहिर बर्षात छ। हिलो छ। ढुंगाहरू लेउ जमेर चिप्ला बनेका छन्। लठ्ठी टेक्दा पनि अभर हुन्छ। यस्तो बेला बाहिर निक्लियो भने चिप्लिएर मरिएला भन्ने पिर नैन सिंहलाई छ। ‘मरिगए त दुखियाका सातै सुईना काट्टिँदा हुन्। हातखुट्टो भाँचियो भने जुनीभरीको भार हुन्छ।’ दिक्क लागेका बेला दैलोमा बसेर भनिरहन्छ।  

सत्तरी बर्षे ज्यान मन भएर पनि गाउँ डुल्न सक्दैन। कसैलाई डोकोमा, कसैलाई पिठ्युँमा त कसैलाई स्टेचरमा राखेर दिनहुँ नयाँ घटना स्वास्थ्य चौकी आइरहेकै हुन्छन्। कोही निको भएर चौकीबाट घर फर्किन्छन्। कसैलाई धनगढी, नेपालगन्ज रिफर गरिन्छ। भएको सम्पती उतै सखाप। कतिले खेतबारी बेच्नुपर्छ। कतिले साहुको दैलो धाउनु पर्छ। दुःख सोची साध्य छैन्।  

गाउँको सडक अन्धेर भएको छ। हिउँदमा त फाट्टफुट्ट गाडी चल्थे। असजिलो भए पनि बिरामी बोक्न सजिलो हुन्थ्यो। जब बर्खा लाग्यो रोप्न ठिक्क पारिएको खेत बनेको छ। बाटामा पोखरी जस्ता खाडल छन्।  

पन्जाब जाने बाटो छाडेर पुलिसमा भर्ती भएका नैन सिंह डिउटीमा बझाङतिर पसे। बझाङ र दार्चुलाका एकएक गाउँ डुले। पुलिसको जागिर, रवाफ उस्तै, मानसम्मान उस्तै, नैन सिंहले सबै कुरा भुले। घरमा गोठालो बन्न किन आउँथे, त्यतै रमाउन थाले। गाउँका मान्छेले नैने आउला भन्ने भुलिदिए।

‘इनु त गाडी चल्ने बाटा काँ हुन र घर बनाउने बाटा हुन्, यसै बाटाले कतिका घर बनायो, कति कमाएर गया।’ जीवनभर कयौं दुःख झेलेर नडगमगाएका नैन सिहंले दुःखी बनेर भनेका थिए।  

बुढेसकालले छोयो। उहिलेका जस्तो मन पनि रहेन, ताकत पनि रहेन। लामो झरी परेको दिन कचिला दाउरा सुक्न बेर लाग्छ। आगो बल्दैन। दिक्क बनाउँछ। नबलुन्जेलसम्म फुकिरहन्छन्। घरभरी धुवाँ भरिएर खोकी चल्छ। आँखाबाट आँशु झर्छन। आँशु त धुवाँले झर्छन तर धुवाँ सँगै मन बटारिएर आउँछ। आँशुका थोपा खरानीमा बिलाउँछन्। पुराना दिन सम्झेर नैन सिंहको मन उसै पनि मडारिन्छ।  

गाउँमा सबैले ‘नैने ! नैने !’ भनेर बोलाउँथे। उनका बा डम्बर सिंहले मात्र ‘छोरा नैन सिंह’ भनेर भन्थे। त्यसबेला विसं २०२८ लागेको थियो। घरबाट पन्जाब जान्छु भनेर हिँडेको बीस वर्षे जवान बेपत्ता भयो। मरे वा बाँचेको पत्तो थिएन। घरपरिवारले आसा मारे। आमाले रोएर मन पखालिन्।  

‘एक फूल देवतालाई चढ्यो’, बुढेसकाल पार गरिसकेका डम्बर सिंहले बिरक्त भएर भने। दुईटी छोरी थिए। बिहे गरेर पराइँ घर पठाए।

पन्जाब जाने बाटो छाडेर पुलिसमा भर्ती भएका नैन सिंह डिउटीमा बझाङतिर पसे। बझाङ र दार्चुलाका एकएक गाउँ डुले। पुलिसको जागिर, रवाफ उस्तै, मानसम्मान उस्तै, नैन सिंहले सबै कुरा भुले। घरमा गोठालो बन्न किन आउँथे, त्यतै रमाउन थाले।  

‘यतिका बर्ष भैगय, अब त नैने फर्किएर आउदैन,’ गाउँका मान्छे भन्न थाले। सबैले नैने आउला भन्ने भुलिदिए। उसको माया मारिदिए। डम्बर सिंहको मनको बह मनमै रह्यो। दुःखको गाँठो पारेर बसे। हराएको छोरो जति कुर्दा पनि फर्केर आएन।  

एउटा गंजीको भोटे र एउटा लुंगी लगाएर घरबाट हिँडेको लुरे मान्छे। गालाका हड्डि देखिन्थे। पेटमा ओडार परेको थियो। टिठ लाग्दो थियो। चौकीदारी गर्न जान्छु भनेर हिँडेको मान्छे, हराएको हराई भयो। न चिठी न रैवार केही भएन। पन्जाबका सबै ठाउँमा गोर्खालीले खोज्नु खोजे, कतै भेटाएनन्।  

छ बर्ष पछि।

एकदिन खाईलाग्दो ज्यान भएको मान्छे। ओठमा एक मुठो जुगाँ। खुट्टामा छालाका जुत्ता। खाकीका बर्दी। काँधमा झोला। हातमा उस्तै बलियो लौरी समातेर डम्बर सिंहको आँगनमै आइपुग्यो। काँक्राको झुलमा फूल फुलेका थिए। ससाना चिचिला लागेका थिए। खेतमा धानका बाला लहलह झुल्दै थिए। उसले काँक्राकोे झुलतिर हे¥यो। झुलमा बसेका जुरेली धपायो।  

‘सिपाही आयो’ भनेर गाउँका महिला र बच्चा डरले घर भित्र पसे। डम्बर सिंह उमेरले बुढो भैसकेका थिए। उनकी जहान सिपाही भनेपछि डरले काँप्थिन। कहाँ लुकिन पत्तो भएन। आँगनमा सिपाही आएको सुनेपछि सल्किएको सुल्पा हातमै लिएर डम्बर सिंह बाहिर आए।  

‘सिपाही आयो’ भनेर गाउँका महिला र बच्चा डरले घर भित्र पसे। डम्बर सिंह उमेरले बुढो भैसकेका थिए। उनकी जहान सिपाही भनेपछि डरले काँप्थिन। कहाँ लुकिन पत्तो भएन। छोरीपट्टीकी नातनी आएकी थिई। ऊ पनि कुलेलम ठोकी। आँगनमा सिपाही आएको सुनेपछि सल्किएको सुल्पा हातमै लिएर डम्बर सिंह बाहिर आए। सिपाही गमक्क पेटीमा बसेको थियो। हातको लौरी हातमै थियो। काँधको झोला काँधमै थियो।  

डम्बर सिंहले नमस्कार भने। सिपाहीले नमस्कार फर्काएन। जुंगा बटारेर यताउता हे¥यो।

‘कोको छन् घरमा ?’, धोत्रो स्वर बनाएर सोध्यो।

‘बुढी थिई काँप गै, म एक्लै हुँ हजुर’, डम्बर सिंहले भने।  

‘म आउँदा ढोका थुनेर भित्र लुक्ने को हो?’ सिपाहीको स्वर झन कडा भयो।

‘नातनी हो हजुर छोरी पट्टिकी’, डम्बर सिंहको सुल्पा निभ्यो।

‘हामीबाट केही भुल बिसर त भएन, काँबाट पाल्नु भयो?’, डम्बर सिंहले सोधे।

‘बा ढोग दिएँ’, अगि कड्किएर बोलेको सिपाही एक्कासी डम्बर सिंको खुट्टामा घोप्टो प¥यो। बुढाले केही सोच्नै सकेनन्। के अचम्म भयो। साँचो हो या झुटो पत्याउन मुस्किल भयो। अनुहारमा एकटकले हेरे। सिपाहीका गाला मुसारे। बल्ल चिने। आँखामा भल बग्न थाल्यो। बुढा बेस्सरी रोए।  

सिपाही केही बोलेन्। काधको झोला खोल्यो। हातको लौरी झोला छेउमा राख्यो। आँगनमा चार फन्का लगायो। यताउति हे¥यो। डम्बर सिंहको मुटु भट्भट् गर्न थाल्यो। के गर्ने, कसो गर्ने, गरिबका दैलामा सिपाही किन आयो? किन गर्दै छ यस्तो हर्कत ? केही सोच्न सकेनन्।  

डम्बर सिंह बसेकै ठाउँमा सिपाही बस्यो। टोपी खोल्यो।

‘यो अनुहार चिन्नु हुन्छ ?’, डम्बर सिहंलाई सोध्यो। बुढा अकमकिए। सिपाईका आँखामा बेरसम्म हेरे।

‘अब बूढो भैगें हजुर नजर कमजोर भैग्या, चिन्न सकिनैन’, डम्बर सिंले भने।  

‘बा ढोग दिएँ’, अगि कड्किएर बोलेको सिपाही एक्कासी डम्बर सिंको खुट्टामा घोप्टो प¥यो।

बुढाले केही सोच्नै सकेनन्। के अचम्म भयो। साँचो हो या झुटो पत्याउन मुस्किल भयो। अनुहारमा एकटकले हेरे। सिपाहीका गाला मुसारे। बल्ल चिने। आँखामा भल बग्न थाल्यो। बुढा बेस्सरी रोए। बन्द झ्याल खुल्यो। उनकी जहानले बाहिर हेरिन्। बुढा सिपाहीलाई अंगालो हालेर रुदै थिए।

‘नैनेलाई राइ (चिनिस) ?’, डम्बर सिंहले जहानलाई सोधे।  

‘सिपाई देखे डर मान्नछु, को पो हो यो मान्स?’ आमा अझै नजिक आउन सकिनन्।

‘हाम्रै नैने हो’, डम्बर सिंहले आँशु पुछे।

नैन सिंहले आमाका पनि खुट्टा समातेर ढोग गरे। आमाले केही बोल्न सकिनन्। सुँकसुँक मात्र गरिन। तपतप आँखाबाट आँशु झरे। म¥यो भनेको छोरो छ बर्ष पछि सिपाही बनेर नचिनिने भएर आउँदा हर्षका आँशु बा आमाको आँखाबाट थामिन सकेनन्।  

गाउँमा उल्लास छायो। सिपाही आयो भनेर घरभित्र लुकेका केटाकेटी छिनमै दौडिएर आए। छ बर्ष जागिर खाएको मान्छे पुलिसको हबल्दार बनिसकेको रहेछ। गाउँमा सबैले हबल्दार नैन सिं भन्न थाले।

मर्ने दिन कुरेर बसेका बा आमालाई छोरो फर्केपछि के चाहिएको थियो र! हबल्दार बनिसकेको मान्छे केटी नपाउने कुरै भएन। नैन सिंहले रोजी बिबाह गरे। मनका जसी बेहुली ल्याए। बिहे गरेपछि घर छोड्ने मन भएन। जागिर त खानै पर्छ भनेर एकदिन झोला भिरे। बर्दी लगाए। तर बाआमाले जानै दिएनन्। आँशु झारे। बाआमाका बुढेशकालका आँशुले नैनेको बाटो छेक्यो। उनले पुलिसको नोकरीको आस मारीदिए।  

जीवनमा उर्लिएर आएका कठिन घडीको हिसाब राख्नु दुःख माथी दुःख थुपार्नु हो भन्ने हबल्दार नैन सिंहलाई थाहा भैसक्यो। छोराहरू गुँडमा हुर्काएका बचेरा थिए। पखेटा पलाए पछि उडेर गए। आफ्नै रहरको गुँड बनाए। तर याद झलझली जहानकै आउँछ।  

नैन सिंहका दुई छोरा जन्मे। छोरा जन्मेको केही बर्षमै बाआमा भगवानको शरणमा भए। समय फनफनी घुम्यो। बर्षहरू उकालो लागे। दिन बित्दै गए। धेरैपल्ट लागीगुराँस फूले। धेरै बर्खा गए। छोराहरू बाह्र चौधका भए। खेतबारी, घर जग्गा छँदै थियो। लेकऔल गर्दैमा जिन्दगीका तमाम बर्ष सुखसँग बिते।

आँगनमा हल गोरु थिए। छोराहरू हाईस्कुल पढ्थे। जसोतसो अपुग भन्नु केही थिएन। अचानक श्रीमती बिरामी भईन। केही दिन थला परेर उनको मृत्यु भयो। नसोचेको बिमारले नसोचेकै समयमा श्रीमतीलाई लग्यो। नैन सिंह बौलाह जस्तै बने।  

छोरालाई पढाउनु थियो। मन समालेर हुर्काए। दुःख सबै परेलीमा राखेर छोराहरूको हाइस्कुलको पढाई पुरा गराए। त्यसबेला समय गजब थियो। एसएलसि पास गर्ने बित्तिकै जेठो छोरो स्कुलको मास्टर बन्यो। कान्छालाई जेठाले पढ्न शहर पठायो।  

जेठोको बिहे भयो। कान्छाले पढाई सकेर शहरमा सरकारी नौकरी खायो। त्यो भन्दा ठूलो हरिक नैन सिंहलाई के हुन्थ्यो। तर र्दुइपैसा कमाएपछि न जेठाले मान्यो न बुहारीले मानी। कान्छाले पनि बाको मन बुझ्न सकेन। नजाउ भन्दाभन्दै छोराहरू बसाइँ सरे। धनगढी हिँडे। पहाडको डिलमा नैन सिंह एक्लै रहे। जेठोले उतै सरुवा गरायो। उतैको मास्टर बन्यो। त्यत्रो जिन्दगी गाउँमै बिताएका नैन सिंहले ‘मर्नेबेला चाहिदैन तुमरो शहर’ भनिदिए छोराहरूलाई।  

नैन सिंह गाउँमै रहे। नाताी नातिना उतै जन्मे। कान्छाले उतै बिहे ग¥यो। नैन सिंह चाउँरीदै गए। बूढिँदै गए। सुरुसुरुमा कहिलेकाँही भेट्न आउने छोराबुहारीले बिस्तारै गाउँको बाटो बिर्सिए। कोही मान्छे आए भने तिनैसँग दुईचार पुरिया बिंडी र एक किलो चियापत्ति पठाईदिन्थे। त्यसैमा नैन सिंहले छोराबुहारीको सम्राई मेटे।

दुईतीन दिनदेखिको अबिरल झरीले खोला खुब उर्लिरहेका थिए। पहाडका चुलीमा कुहिरो मडारियो। यसैबेला चिनी सकिएको थियो। नैन सिंह दोकान जान सकेका थिएनन। चियाखाने तलतलले सटपटी लगाइरहन्थ्यो। सट्टामा कति पल्ट सुल्पा धुकाए हिसाब छैन्। छोराबुहारी, नाती नतिना हुँदा हुन त......। सोच्दासोच्दै समय बिताउँछन्। बालुवाको घर ढले जस्तो क्षणभरका कल्पनाहरू अगेनाको खरानीमा मिसिन्छन् ।

रेडियोमा डिक्रादेवीको सुरिलो स्वरमा पुरानो ठाडी भाका बजिरहेको छ। घर नजिकको जंगलबाट झ्याउँकिरीको आवाज आइरहेको छ। हबल्दार नैन सिंह सुल्पाभरी तमाखु भरेर धुवाँ उडाईरहेका छन्। डाँडापारी ढल्किएको घामले अँध्यारो रात बोलाइरहेको छ। रात त पर्छ नै तर दुखियाका रात धेरै लामा भैदिन्छन।

ज्यानले साहारा खोज्छ। मनले अतीतमा पु¥याएर छटपटि छोडिजान्छ। दैलो ओर्लने जाँगर छैन्। छिमेकीले साँझ बिहान पानी पु¥याएर जान्छन्। बर्खाले हिलो बनाएर सताउँछ। हिँउदमा जाडोका लहरले पिरोल्न थाल्छन्। मरेपछि पिण्ड दिन आउने सन्तानको जिउँदो छउन्जेलको आसा रहेन। हबल्दार नैन सिंहको साथी भनेपछि सहारा भने पनि एउटा रेडियो छ। रेडियो भन्दा नजिकको आफ्नो कोही छैन्।

जीवनमा उर्लिएर आएका कठिन घडीको हिसाब राख्नु दुःख माथी दुःख थुपार्नु हो भन्ने हबल्दार नैन सिंहलाई थाहा भैसक्यो। छोराहरू गुँडमा हुर्काएका बचेरा थिए। पखेटा पलाए पछि उडेर गए। आफ्नै रहरको गुँड बनाए। तर याद झलझली जहानकै आउँछ।  

‘ज्यूँदै हुँदी हो त सँगै हुन्थी’, कुनै बेला कल्पिन्छन्। अब कल्पिएर कहाँ हुन्छ। समय एकपल पनि नरोकीने गरि दौडिरहेछ। रेडियोले हृदय बोल्छ। मनका जसा गीत गाउँछ। कोही नभए पनि आँखिर रेडियो त छ।  

साँझको समय पानीले पखालेका वन रहरलाग्दा देखिदैछन्। टाढाटाढा पहाडका सिरानीमा डुल्दाडुल्दै थकित बनेको कुहिरो गुम्म परेर वनको सिरानीमा टाँसिएको छ। आकासको बादल फाटेर नीलो गगन देखिँदैछ। मौसमी झरी केही छिनलाई रोकिए पनि नैन सिंहको रेडियोले उनका आँखाभरी बादल मडारिदिएको छ ।  

बुढेशकाल जानेबेला सम्झना अरुकी

यसाई दुःख पाउनाभन्दा कि अब मरुकी ।

रेडियोमा डिक्रादेवीको सुरिलो स्वरमा पुरानो ठाडी भाका बजिरहेको छ। घर नजिकको जंगलबाट झ्याउँकिरीको आवाज आइरहेको छ। खोला बोलेको मधुरो ध्वनी झ्याँकिरीको स्वरसँगै मिसिएको छ। हबल्दार नैन सिंह सुल्पाभरी तमाखु भरेर धुवाँ उडाईरहेका छन्। सैपालको क्षितिज हेर्दै मन विरक्त  बनाउने भाकामा डुबिरहेका छन्। डाँडापारी ढल्किएको घामले अँध्यारो रात बोलाइरहेको छ। रात त पर्छ नै तर दुखियाका रात धेरै लामा भैदिन्छन।

प्रकाशित: ९ भाद्र २०७७ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App