१५ चैत्र २०८० बिहीबार
अन्य

सचेत बनौं

बालकविता

लालबहादुर भुजेल

भीडभाडमा नजाऊ धेरै

फोहोर छुनु हुन्न

सरसफाइमा ध्यान देऊ

कुनै रोगले छुन्न ।

रसिलो र झोलिलो चीज

बढी खानुपर्छ,

बाहिरको ‘जंकफुड’ ले

धेरै हानि गर्छ ।

साग–फलफूल, घरको खाना

सके जति खाऊ,

बाहिर काममा जानै परे

मास्क लगाई जाऊ ।

सचेत हुँदा जोखिम कम

चेतनाबोध गरौं,

हातमुख, नाक, आँखा सफा

मनोबल भरौं ।

प्रकाशित: ९ श्रावण २०७७ ०५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App