१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

आनीको प्रवचन सुन्दा

लाराक याक्थुङ्वा

लाराक याक्थुङ्वा

कक्षा – ७ ‘ए’, 

रातो बङ्गला स्कुल।

आनी छोइङ डोल्मा एउटा समाजसेवी तथा प्रेरणादायक व्यक्तित्व हुनुहुन्छ । उहाँ लेखिका साथै गायिका पनि हुन् । कक्षामा हामी उहाँको बारे गहिराइमा अध्ययन गर्दै छौँ । हाम्रो पाठ्यक्रमअनुसार उहाँलाई जुम कक्षामार्फत निमन्त्रणा गरिएको थियो ।

यस रोमाञ्चक कक्षामा आदरणीय शिक्षक, शिक्षिका पनि आउनुभएको थिए । उहाँ कक्षामा प्रस्तुत भएपछि हामीले कक्षा प्रस्तुतीकरण गरेर सुरु गर्यौँ । त्यसपछि नेपाली विषयको शिक्षकले हाम्रो कडा परिश्रमको काम र चित्र उहाँलाई देखाउनुभयो । यो देखेर उहाँ प्रसन्न हुनुभयो ।

कक्षालाई अगाडि बढाउने क्रममा उहाँले आफ्नो जीवनसार हाम्रो कक्षालाई स्पष्ट तथा सरल रूपमा बुझाइदिनुभयो । उहाँको व्याख्यामा स्नेह र दुःख थियो । आनीको वर्णन गर्ने तरीका साह्रै मन छुने र वर्णनात्मक थियो । 

कार्यक्रम जारी रहँदा हामीले उहाँलाई सार्थक प्रश्नहरू सोध्यौँ । आनीको उत्तर दिने तरीका मलाई साह्रै राम्रो लाग्यो किनभने उहाँले आफ्नो उत्तरमा सबै कुरा समावेश गर्नुभयो ।

कार्यक्रमलाई समापन गर्ने क्रममा उहाँले सुमुधुर स्वरमा एउटा गीत गाउनुभयो । यथार्थमा आधारित उहाँको “फूलको आखाँमा” गीत साह्रै प्रख्यात छ ।

आनीको भनाइमा आमा र बुवा नै भगवान् र संसार हो । म पनि यहीँ ठान्छु र उहाँको सोचमा गहिरो अर्थ छ । आनी गुरुबाट नौलो कुराहरू सिक्न प्रयास गर्दा उहाँले आफ्नो दुःखसुख भुल्नुभयो । गुम्बा उहाँका लागि घर र तीर्थ जस्तो थियो किनभने त्यहाँ नै उहाँले घृणा नियन्त्रण गर्न सिक्नुभएको थियो ।

 पिटाइ खाँदा आनीलाई धेरै देहमा होइन हृदयमा धेरै दुख्थ्यो । घरेलु हिंसाबाट छुटकारा पाउन गुम्बा जाने उहाँले कार्यदिशा बनाउनुभएको थियो । आनीलाई रुचि भएका दुईओटा कुराहरूमा मार्सल आर्टस र ध्यान हुन् । मार्सल आर्टस् उहाँले आत्मा रक्षाका लागि अभ्यास गर्नुहुन्थ्यो र ध्यानचाहिँ मस्तिष्कको विकास गर्नुहुन्थ्यो ।

उहाँले आफ्नो महत्त्वपूर्ण समय हामीसँग बिताउनुभएकोमा हामी उहाँलाई कदर तथा सम्मान गर्छौँ । आनीको गीतहरू र कृतिहरू प्रेरणाको स्रोत हुन् । उहाँको जीवनको उपलब्धि तथा समाजमा गर्नुभएको सामाजिक कार्यहरूबाट हामीले प्रेरणा प्राप्त गरयौं र  प्रभावित पनि  भएका छौँ । हामी पनि उहाँजस्तै समाजमा सकारात्मक उद्देश्य लिनुपर्छ भन्ने सन्देश यस कक्षाबाट सिक्यौँ । 

प्रकाशित: २८ असार २०७७ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App