आयुष्मा ढकाल
कक्षा: १०, त्रिभुवन नमुना मावि,बाँके।
कोभिड–१९ ले हाम्रो दैनिक कार्यतालिका फेरिदिएको छ। लगातार संक्रमित बढ्दै जाँदा मानसपटलमा अनेक किसिमका तर्कवितर्क उठ्दै छन्। आजसम्म त बाँचियो भन्नुपर्ने अवस्था सृजना भएको छ। कोरोनाका कारण विद्यालय संचालन हुन सकेका छैनन्।
हामी भविष्यका कर्णधार हौं। तर कोभिड–१९ का कारण घरमै बस्न बाध्य छौं। कोरोना भाइरस विरुद्धको लडाइँमा एकदिन अवस्य हाम्रो जित हुनेछ। मात्र धैर्य गर्नुपर्छ।
बैशाखमा भर्ना अभियान सकिएर पढाइ तिव्र हुने समय हो यो। अहिलेसम्म विद्यार्थी भर्ना हुन पाएका छैनन्। कतैकतै त विद्यालय तहका परीक्षा पनि हुन नसकेको सुनिन्छ। लकडाउन बढेर जेठ अन्तिमसम्म पुगेको छ। तर स्कुल जान नपाएका बालबालिका निराश हुनुहुँदैन। हामी रहे मात्र हाम्रो पढाइ सम्भव हुन्छ।
लकडाउन अन्त्य भए पनि कोरोना भाइरसको अन्त्य भैहाल्दैन। त्यसैले हामी एकदमै सजग भएर दैनिक कामकाज गर्नुपर्छ।
लकडाउन तुरुन्त खोल्न सकिने अवस्था छैन। अधिकांश सरकारी स्कुल क्वारेन्टाइन बनेका छन्। भारतबाट नेपाली आउने क्रम जारी छ साथै अन्य देशबाट पनि नेपालीलाई नेपाल प्रवेश गराउने तयारी सरकारको छ। निजी विद्यालय भने विद्यालय खोल्न आतुर छन्। तर भारतबाट आएका मान्छे राखिएको क्वारेन्टिनमा कोरोनाका संक्रमित पनि हुन सक्छन्। ती सरकारी विद्यालयका विद्यार्थी कहाँ बसेर पढ्ने ? यो सोच्न जरुरी छ। विद्यार्थी पढ्न विद्यालय जाने सूचना पाएपछि पक्कै विद्यालय जाने नै छन्। क्वारेन्टिनस्थल कहाँ बनाउने ? यो समस्याको विषय बनेको छ। विद्यालयका केही कोठा क्वारेन्टिनका रुपमा प्रयोग गरेर अन्य कोठामा विद्यार्थी राख्दा संक्रमण पैmलिने त्रास हुन्छ। त्यसैले तत्काल विद्यालय खोल्ने अवस्था छैन तर विद्यालय नखोलेर विद्यार्थीको पढाइ र भविष्य अन्योलमा पार्नु पनि राम्रो हुँदैन।
सधै लकडाउन गरेर मात्र हुँदैन। लकडाउन ढिलोछिटो खुल्ने नै छ। सडकमा निस्कन नपाएका मानिसले त्यतिबेला पक्कै पनि सामाजिक दूरी बिर्सनेछन्। लकडाउन अन्त्य भए पनि कोरोना भाइरस अन्त्य भैहाल्ने छैन। त्यसैले हामीले हाम्रो बानीमा क्रमशः परिवर्तन गर्दै लैजानुपर्छ।
लकडाउनपछि मल, सिनेमा खुल्छन्। बजार खुल्छ। अस्पतालमा चाप बढ्छ। त्यसैले सकेसम्म सुरक्षित हुन सक्नुपर्छ। माक्स, सेनिटाइजर र सामाजिक दूरीलाई बिर्सनु हुँदैन। अति आवश्यक परेमात्र घर बाहिर निस्कने गर्नुपर्छ। जहाँ धेरै मान्छे त्यहीं धेरै भाइरस हुने र संक्रमण बढ्ने हुनाले हामी एकदमै होशियार रहनुपर्छ।
यातायातका साधन पनि जोरविजोर गरेर चलाउनु पर्छ। मानिस भिडभाड र कोचाकोच गरेर सवारी साधनमा यात्रा गर्नुहुँदैन। कलकारखाना बिस्तारै खोल्नुपर्छ। त्यहाँ काम गर्ने कर्मचारी र मजदुर पनि होशियार हुनुपर्छ।
सरकारले लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजानुपर्छ। हामीले आवश्यक नपरी भिडभाडमा जानु हुँदैन। सामाजिक दूरीलाई बिर्सनु हुँदैन। माक्स र सेनिटाइजर प्रयोग गर्नुपर्छ। सामान किन्न ठूलठूला सपिङ मलमा जानुभन्दा स्थानीय बजार उपयुक्त हुन्छ। किनकी भिडभाड बढि हुने मलमा संक्रमणको खतरा बढी हुन्छ।
व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। खानपान र जिवनशैली सरल बनाउनुपर्छ। सकेसम्म स्थानीय रुपमा प्राप्त हुने तरकारी र फलफूल प्रयोग गर्नुपर्छ।
लकडाउन पछि विद्यालय सुचारु गर्नुपर्छ। पहिले ठूलो कक्षाका विद्यार्थीलाई पढाउन शुरु गर्नुपर्छ। कोरोना भाइरसको संक्रमण घट्दै जान थालेपछि मात्र साना बालबालिकाको पठनपाठन अघि बढाउनु पर्छ। किनकी सानालाई सामाजिक दूरीको जानकारी कम हुन्छ।
लकडाउन पछि सामाजिक दूरी कायम राख्न सकिएन र वेवास्ता गरियो भने कोरोना संक्रमण एक्कासी बढ्न सक्छ। अन्त्यमा, यो याद राख्न जरुरी छ कि लकडाउन अन्त्य भए पनि कोरोना भाइरसको अन्त्य भैहाल्दैन। त्यसैले हामी एकदमै सजग भएर दैनिक कामकाज गर्नुपर्छ।
प्रकाशित: १९ जेष्ठ २०७७ १५:१३ सोमबार