८ वैशाख २०८१ शनिबार
अन्य

आमालाई सघाउँदैछु

स्नेहा गुरुङ

स्नेहा गुरुङ  

कक्षा: १०, रेन्बो एकेडेमिक होम्स, पोखरा ।  

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण नागरिकको सुरक्षालाई मध्यनजर राखेर नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । यसबाट लाखौंले अमूल्य जीवन गुमाइसकेका छन् । केही व्यक्ति संक्रमणका कारण अस्पतालमा जीवन र मृत्यबीच लडिरहेका छन् । नेपालमा पनि कोरोनाको संक्रमण र त्रास फैलिँदै गएको छ जसले गर्दा हामी घरमै बसिरहेका छौं ।  

मैले आमासँग खाना बनाउन, घर सफा राख्न, बोटबिरुवाको रेखदेख गर्न र कपडा धुन जस्ता काम सिकेकी छु । यस्तो सिकाई दीर्घकालीन र व्यवहारिक हुन्छ । 

म पनि परिवारको साथमा घरमै बसिरहेकी छु । पहिले त बिहानदेखि बेलुकासम्म विद्यालयमै अध्ययन गर्न समय बिताउनु पथ्र्यो । घर फर्केपछि खाना खाएर, गृहकार्य गरेर, फेरी पढ्न बस्नुपथ्र्यो तर अहिले लकडाउनमा मलाई मात्र नभएर सबैलाई फुर्सद भएको छ । सबैले आफुले चाहेको क्रियाकलापमा सहभागिता जनाउन पाएका छन् । मैले पनि थुप्रै मनोरञ्जनात्मक क्रियाकलापमा समय खर्चिने गरेकी छु । मैले फुर्सदमा सुत्ने, खाने, फेसबुक चलाउने, गेम खेल्ने मात्र नभएर  ज्ञान वृद्धिका लागि विज्ञानका पुस्तक पढ्ने, गणितका प्रश्न हल गर्ने र सामाजिक ज्ञानका किताब पढ्ने गरेकी छु ।  

वास्तवमा लकडाउनको समयमा मैले किताबी ज्ञान भन्दा पनि व्यबाहारिक ज्ञानलाई बढी महत्व दिएकी छुु । सुनेर, हेरेर, छोएर, गरेर, भोगेर, प्रयोग गरेर सिकेको ज्ञान सबैभन्दा महत्वपूर्ण हुन्छ भन्ने सिकेकी छु । मैले आमासँग खाना बनाउन, घर सफा राख्न, बोटबिरुवाको उचित रेखदेख गर्न र कपडा धुन जस्ता काम सिकेकी छु । यस्तो सिकाई दीर्घकालीन र व्यवहारिक हुन्छ । म दिनहुँँ  सकेसम्म आमालाई घरायसी काममा सहयोग पु¥याउँछु । म मेरो सपरिवारको सरसफाईमा विशेष ध्यान राख्ने गर्छु र सबैलाई सरसफाई गरेर स्वास्थ्य रहन अनुरोध गर्दछु । म हजुरआमा र आमाबाट नयाँनयाँ कुरा सिकेर लकडाउनको समय सदुपयोग गर्दैछु ।  

घरभित्रैै मात्र बस्दा मलाई कहिलेकाहीँ निकै अत्यास लाग्छ । मेरा प्रिय मित्रसँग भेट्न र गफ गर्न निकै मन लाग्छ । विद्यालयले अनलाइन कक्षा प्रारम्भ गरेको कारण शिक्षक र साथीसँग बातचित गर्दा म निकै हर्षित हुन्छु । हामी दिनहुँ नयाँ विषयमा छलफल गर्छौं र आआफ्ना प्रतिक्रिया दिन्छौं ।

अनलाइन कक्षा बाहेक म आफ्नो समय विभिन्न अनलाइन गेम खेलेर, चलचित्र हेरेर, गीत र कविता सुनेर बिताउने गर्छु । मलाई कविता वाचन गर्न असाध्यै मन पर्छ त्यसैले युट्युवमा गएर भिडियो मार्फत सिक्ने प्रयास गर्छु । बेलाबेलामा चित्र कोर्ने, निबन्ध लेख्ने पनि गर्छु । मौका पाएका बेला साथीहरूसँग भिडियो च्याट गर्ने गर्छु ।

एसइइ परीक्षा स्थगित भएता पनि मैले अध्ययन गर्न छाडेको छैन । परीक्षा दिने साथीहरूलाई हतोत्साहित नभएर अध्ध्यन नछोड्न अनुरोध गर्दछु । यो बाँकी समय वरदान ठानेर  सदुपयोग गर्नु हुन सबैलाई अनुरोध गर्दछु ।  

अन्त्यमा, कोरोना भाइरसबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔं ।  

प्रकाशित: ११ जेष्ठ २०७७ १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App