७ वैशाख २०८१ शुक्रबार
अन्य

जनावरको आनीबानी हेर्छु

देशान्तर पौडेल 
कक्षा : ८, पाठशाला नेपाल फाउन्डेशन, बागडोल  

कोरोना भाइरसका कारण आज संसार लकडाउनमा छ । दिनदिनै मानिसको मृत्यू भैरहेको छ । कोरोनाको संक्रमण फैलन नदिन लकडाउन गरिएको हो । हामी पनि विगत दुई महिनादेखि लकडाउनमै छौं । घरभित्रै बसिरहेका छौं ।  

सुरूसुरूमा स्कुल बन्द हुँदा मलाई खुसी लागेको थियो । तर धेरैदिन स्कुल बन्द हुँदा नरमाइलो लाग्न थाल्यो । साथीहरूसँग भेट्न नपाउँदा, स्कुल जान नपाउँदा कस्तोकस्तो लाग्थ्यो । बाबाले कक्षा ८ को किताब ल्याइदिनुभयो । मैले ती  किताब पढ्न थालेँ । त्यसबाहेक बिहान ११ बजेदेखि १ घन्टा हाम्रो कक्षा पनि चलिरहेको छ । अनलाइनमा साथीसँग भेट हुन्छ । फुर्सदमा उनीहरूसँग हल्काफुल्का च्याट हुन्छ । स्कुलले अनलाइन कक्षा चलाएर राम्रो गरिदियो ।  

यतिबेला म चित्र बनाउन पनि सिक्दैछु । युट्युवबाट हेरेर बनाउँछु । स्कुल खुलेको भए समय पाइन्नथ्यो । मैले आमा र आमाको साथीको कथामा चित्र बनाएर स्याबासी पाएँ । आमाको अनुहारमा खुसी देख्दा मलाई हौसला मिलेको छ । घरका भित्तामा टाँगिएका चित्र हेरेर मैले बनाइसकेँ । चित्र कोर्दा हाम्रो दिमाग तेज हुन्छ ।  

यसबाहेक म दिदी र बाबासँग चेस पनि खेल्छु । चेस बौद्धिक खेल हो ।  

साँझ पाँच बजेपछि छिमेकका साथीहरूसँग व्याटमिन्टन खेल्छु । यसले शरीर तन्दुरुस्त राख्न मद्धत गर्छ । बाबाले खेल्ने, पढ्ने र टिभी हेर्ने टाइमटेबुल बनाइदिनु भएको छ । उहाँको पनि घरबाटै अफिस चलिरहेकाले हामी टिभी मात्र हेरेर बस्न पाउँदैनौं । म दिनको एक घन्टा मोबाइल फोनमा खेल्छु ।  

साँझमा हामी परिवारै बसेर समाचार र महाभारत हेर्छौं । कहिलेकाहिँ फिलिम पनि हेर्छौं ।

साँझमा हामी परिवारै बसेर समाचार र महाभारत हेर्छौं । कहिलेकाहिँ फिलिम पनि हेर्छौं । स्कुल चलेका बेला टिभी हेर्ने फुर्सद हुँदैन । बिदाका दिनमा भने हेर्छु । अचेल लकडाउन छ । म टिभीमा प्रायः जोग्राफी च्यानल हेर्छु । त्यसमा जनाबरको विषयमा धेरै कुरा जानकारी हुन्छ । त्यसमा मान्छेका रोमाञ्चक कामहरू पनि देखाइन्छ ।  

त्यस्तै विभिन्न देशको भूगोल र अनौठा कुरा पनि देख्न पाइन्छ । त्यसमा सँसारको रहनसहन, संस्कृति, जीवनशैली, कला, जिवन र विज्ञानका कुरा हेर्न र सिक्न पाइन्छ । म पहिलापहिला आइरन म्यानका कार्टुन हेर्थें । अचेल स्टार मूभिमा चलचित्र हेर्छु । युट्युवमा चाहिँ कमेडी भिडियो मन पराउँछु ।  

लकडाउन नभएको भए हामी घुम्न जान्थ्यौं होला ! अहिले घरमा बसिरहँदा भोक मात्र लाग्छ । केके खान मन लाग्छ । त्यसैले दिउँसो दिदी र म युट्युव हेरेर खानेकुरा बनाउँछौं । कहिले पानीपुरी त कहिले लालमोहन, कहिले जेरी त कहिले बिरयानी ।  

यसरी बनाएर खाँदा खान नपाउने गरिबलाई सम्झन्छु । अहिले कति गाह्रो भएको होला उनीहरूलाई ? तिनलाई बाँडेर खान पाए हुन्थ्यो जस्तो लाग्छ । तर, कहाँ गएर बाँडौं ?  

अन्त्यमा, कोरोनाबाट बच्न हामीले सरसफाइमा ध्यान दिनुपर्छ । बेलाबेलामा साबुन पानीले हात धुने गर्नुपर्छ । अत्यावश्यक काममा बाहिर जाँदा मास्क लगाउनु पर्छ । म सबै साथीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दछु । 

प्रकाशित: १० जेष्ठ २०७७ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App