७ वैशाख २०८१ शुक्रबार
अन्य

सुरक्षाकर्मीलाई 'घुन्सा फाउण्डेशन'को सहयोग

काठमाडौ–कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका महिला सुरक्षाकर्मीलाई  घुन्सा फाउण्डेशन नेपालले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । फाउण्डेशनकी अध्यक्ष याङ्जोङ्म शेर्पाले शुक्रवार महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा माक्स र पन्जा हस्तान्तरण गरेकी हुन् ।  

फाउन्डेशनद्धारा प्रदान गरिएका सामग्री प्रहरी निरीक्षक मनिषा बुढाथोकीले बुझेकी थिइन् । काठमाडौं उपत्यकामा लकडाउन पालना गराउन १ सय ६० भन्दा बढी ट्राफिक महिला प्रहरी खटिरहेका छन् ।  

फाउण्डेशनले ताप्लेजुङको दुर्गम गाउँ घुन्साको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।  

प्रकाशित: ४ जेष्ठ २०७७ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App