२७ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

जनकपुर पुगे बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन्।

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट आइतबार दिउँसो राजीनामा दिएलगत्तै उनी पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन्।

काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर औपचारिक जिम्मेवारी सम्हालेपछि उनी सिधै त्रिभुवन विमानस्थल हुँदै जनकपुरका लागि प्रस्थान गरेका थिए।

जनकपुर विमानस्थलमा ओर्लिँदा सभापति लामिछाने, वरिष्ठ नेता शाह लगायतको टोलीलाई पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरे।

विमानस्थल परिसरमा समर्थकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

शाहले यहाँको जानकी मन्दिरमा पुगेर दर्शन गर्नेछन्। राति जनकपुरमै बस्ने लामिछाने र बालेन्द्र सोमबार बिहान सिरहाको लहान प्रस्थान गर्नेछन्।

लहानको कार्यक्रमबाट फर्किएपछि जनकपुरको तिरहुतिया गाँछीमा आयोजना गरिएको परिवर्तनको उद्घोष सभामा नेताहरु सहभागी हुनेछन्।

प्रकाशित: ४ माघ २०८२ १८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App