१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

काभ्रेमा ५० भारतीय नागरिक नियन्त्रणमा

अरनिको र बिपी राजमार्गमा थप कडाइ

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकबाट धुलिखेल आएका  ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ ।  सिन्धुपाल्चोकको जल्केनीबाट कन्टेनर भ्यानमार्फत धुलिखेल आएको  सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।  

तिमल्सिनाका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनका  मजदुर हुन् । आज बिहान करिब ८ बजे अरनिको राजमार्गस्थित जंगल क्षेत्रमा कन्टेनर भ्यानले उनीहरूलाई ओरालेको थियो ।

‘नियन्त्रित भारतीय नागरिकलाई आएको ठाउँतिर फर्काउने वा कतै व्यवस्थापन गर्ने  भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदै छ । बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन,’ तिमल्सिनाले भने ।  

धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरीको गत बिहीबार राति काेराेना संक्रमणका कारण मृत्यु भएपछि अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ । मध्यपूर्वी पहाडबाट राजधानी आउजाउ गर्न अरनिको र बिपी  राजमार्ग प्रयोग गरिन्छ । बिपी राजमार्ग हुँदै तराई क्षेत्रबाट प्रवेश गर्ने सवारी जाँचका लागि रोशी गाउँपालिकाको मंगलटारमा चाँजचौकी राखिएको काभ्रेपलाञ्चोक प्रशासनले जनाएको छ । 

 

यो पनि पढ्नुहोस्

भारतीय रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

 

प्रकाशित: ४ जेष्ठ २०७७ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App