२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

भारतीय रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

विराटनगर - बिहीबार साँझ बुद्ध एयरबाट काठमाडौं उड्न लागेका एक भारतीय नागरिकको साथबाट मोरङ प्रहरीले हजार र पाँचसय दरका भारतीय रुपैयाँ बरामद गरेको छ। नेपालमा हजार र पाँचसय दरको भारतीय रुपैयाँ बोक्न प्रतिबन्ध छ।भारत विहारको पटना महेशनगर रोडमा बस्ने जिवन प्रकाशको साथबाट प्रहरीले एक हजार दरका एकसय थान र पाँचसय दरका एकसय २४ थान गरी एकलाख ६२ हजार भारतीय रुपैयाँ बरामद गरेको छ। प्रहरीले जिवन प्रकाशसहित पैसा नियन्त्रणमा लिएको मोरङ प्रहरीका इन्सपेक्टर राजन कार्कीले जनाकारी दिए। 
‘के परियोजनका लागि उनले यतिधेरै भारतीय रुपैयाँ काठमाडौं लैजान लागेको खुल्न सकेको छैन,’ इन्सपेक्टर कार्कीले भने,‘जिवन प्रकाशले काठमाडौं घुमफिरमा खर्च गर्न उक्त पैसा बोकेको बताउँछन्।’ विराटनगर विमानस्थलमा चेकजाँचको क्रममा प्रतिबन्धित भारूसहित उनलाई प्रहरीले पक्राउ गरेको हो। 
आवश्यक कारबाहीको लागि आज उक्त नगद र जिवन प्रकाशलाई राजस्व अनुसन्धान विभाग बबरमहल काठमाडौं पठाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०७० ००:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App