११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

जातपात वा नश्लमा खास के छ ?

कुनै खास नश्ल वा जातिका साथ मिथकहरु वा विशेष किसिमका धारणा जोडिएको हामीले सर्वत्र देख्ने गरेका छौँ । तर खासगरी यस्ता मिथक गलत नै हुने गरेका छन् । प्रायः यसता धारणा खुला रुपमा नश्लवादीहरुले प्रकट गर्दैनन् । बरु जो नश्लवादी हुँदैनन्, तिनीहरुमा यस्ता धारणा निकै बलियो गरी घर गरेका हुन्छन् ।

केही मानिस अनुभव र सांस्कृतिक इतिहासका कारणले यस किसिमको निष्कर्षमा पुग्ने गरेका छन् तर ती धारणाहरुमा कुनै आनुवांशिक आधार हुँदैन । उदाहरणका लागि, चिनियाँ, भारतीय तथा कोरियालीहरु गणितमा निकै राम्रा हुन्छन्, तीक्ष्ण हुन्छन् । काला मानिसहरु गायनमा छुरा हुन्छन्, तिनको स्वर सुरिलो हुन्छ । यहूदीहरु धनी हुन्छन् । गोरा मान्छेहरु दयालु र काला मानिसहरु अपराधी प्रवृत्तिका हुन्छन् । यी यस्ता धारणा हुन्, जसमा संसारका धेरैजसो मानिसहरु सहमत हुन्छन् तर सत्य त्यस्तो हुँदैन ।

आनुवांशिक विशेषज्ञ डा. एडम रदरफोर्ड भन्छन्, ‘अहिलेको समयमा नश्लवाद निकै मुखर भएर आएको छ । त्यसैले हाम्रो कर्तव्य के हो भने हामीले तथ्यमा आधारित कुराहरुका साथ ती मिथकहरुसँग झुत्ती खेल्नुपर्छ ।’
उनी तथ्य र मिथकलाई बुझाउनका लागि एउटा वैज्ञानिक बुझाई प्रस्तुत गर्छन् ।
यहाँ हामी त्यस्तै पाँच वटा नश्लीय मिथकको वास्तविकता वैज्ञानिक तथ्यका साथ पेस गर्दैछौँ ।

मिथक १ः गोरा र काला मानिसको डिएनए पूरै फरक हुन्छ ।
मानिसको छालामा मेलानिन पाइन्छ, जसले मानिसको छालाको रङ निर्धारित हुने गर्छ । मेलानिनले हामीलाई सूर्यको किरणबाट बचाउँछ ।
यो सूर्यको किरणमा व्याप्त अल्ट्रा भ्वाइलेट किरणलाई सोस्छ, जसका कारण शरीरमा पाइने फोलोट भिटामिनलाई नष्ट गर्न पाउँदैन ।

मेलानिन बन्ने बायोकेमिकल प्रक्रियामा कयौँ किसिमका जिनको भूमिका हुन्छ । ती जिनमा प्राकृतिक रुपमा अवस्थित विविधता बेग्लाबेग्लै किसिमको त्वचनाका लागि जिम्मेवार हुन्छ ।
त्यसैले गोरा र काला मानिसका बीच मानवीय नस्लको सबैभन्दा ठूलो आनुवंशिक अन्तरको कुरा तथ्यपरक रुपमा सत्य होइन ।

मानिसको सारा नश्ल वा जातमा लगभग एकै किसिमको डिएनए पाइन्छ । यो एउटा यस्तो तथ्य हो, जसले हामी मानिस जतिसुकै प्रजातिका होऔँ, ती सबैको उत्पत्ति अफ्रिकाबाट भएको हो भन्ने कुरालाई पुट दिन्छ ।
अर्कोतर्फ अफ्रिकी महादेशमा आनुवंशिक विविधता संसारका सबै अन्य क्षेत्रमा एकसाथ राख्यौँ भने त्यसको तुलननामा बढी पाइन्छ ।

दक्षिणी अफ्रिकाका दुई बेग्लाबेग्लै आदिवासी समुदायहरुका सदस्य कुनै श्रीलंकाली या रुसी या कुनै अन्य ठाउँका मानिसहरुसँग आनुवंशिक रुपमा एकअर्कासँग फरक हुनसक्छन् ।
हामीले सतही रुपमा मानिसलाई गोरा, काला या खैरो रङमा बाँडे पनि वास्तवमा यो तिनको आनुवंशिक रुपमा अलग–अलग या फेरि एकै जस्तो हुने पुष्टि गर्दैन ।

मिथक २ः ‘नश्लीय शुद्धता’जस्तो कुनै चिज हुँदैन
हामीले कुनै खास क्षेत्र या मानिसलाई कुनै विशेष पहिचानको साँचोमा ढालेर हेर्ने गर्छौं । यस किसिमको सोच हामी भौगोलिक या सांस्कृतिक रुपमा गर्ने गर्छौं, जसलाई सामान्य रुपमा हेर्दा सत्यझैँ लाग्छ तर त्यसमा कुनै ऐतिहासिक सत्य हुन्छ न त अनुवांशिक रुपमा सत्य हुन्छ । कुनै पनि राष्ट्र तथा नश्लमा परिवर्तन भइरहेको हुन्छ । जुन पहिला थियो वा हुन्थ्यो, त्यो अहिले नहुन सक्छ ।

डा. रदरफोर्ड भन्छन्, ‘इतिहासमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा संसारभरि नै घुमिरहन्थे र त्यहाँका स्थानीय मानिससँग सम्पर्कमा आएपछि उनीहरुसँग सम्बन्ध बन्यो ।’
अधिकांशतः कयौँ पिँढीमा यस किसिमको परिवर्तन सुस्त गतिमा हुन्छ र कहिलेकाहीँ कम समयमा तीव्र परिवर्तन पनि हुनसक्छ ।

जब सुस्त रुपमा परिवर्तनको प्रक्रिया हुन्छ, त्यस्तो बेलामा भौगोलिक या सांस्कृतिक रुपमा कुनै खास नश्लका साथ कुनै पहिचान जोडिएको हुनसक्छ ।
रदरफोर्ड भन्छन्, ‘कुनै पनि नाजीको कोही पूर्वज यहूदी पनि हुनसक्छ । कुनै पनि नश्लवादी गोराको मध्यपूर्वका पूर्वजसँग सम्बन्ध हुनसक्छ । र, नश्लीय श्रेष्ठतामा विश्वास गर्ने कुनै पनि अफ्रिकी चिनियाँ र पूर्वी एसियालीका पूर्वज हुनसक्छ ।’
उनको भनाइ छ, ‘नश्लीय शुद्धता एउटा कोरा कल्पनाबाहेक केही होइन । मानिसको खुनमा शुद्धताभन्ने चिज छैन ।’

मिथक ३ः जर्मनका लागि जर्मनी र तुर्कहरुका लागि टर्की हो
केही मानिसमा बाहिरबाट आउने मानिसका लागि निकै चर्को रिस देखिन्छ । यस किसिमको भावना संसारका सबै देशका मानिसमा देख्न पाइन्छ ।
कहिलेकाहीँ गोरा बन्दुकधारीले छानीछानी काला वा मुस्लिमहरुमाथि गोली हानेको देखिन्छ । तिनमा बाहिरी देशबाट आएकाहरु प्रति घृणाको भावना हुन्छ र प्रवासीलाई खेद्नुपर्छ भन्ने कुरा गर्छन् ।
यस्तो सोच राख्नेहरुको धारणा के हुन्छ भने जर्मनी भनेको जर्मन, हिन्दुका लागि हिन्दुस्तान या तुर्कहरुका लागि टर्की, फ्रान्स भनेकै फ्रान्सेलीको मात्र हो र हुनुपर्छ ।

उनीहरुले भन्ने गरेका छन्, ‘जहाँबाट आएका थियौ, उतै जाओ, यहाँ तिमीहरु हाम्रो भाग खोस्न आएका हौ ।’ यस्ता नारा संसारमा जहाँसुकै पनि सुन्न पाइन्छ ।
सत्य त के हो भने जर्मनी, फ्रान्स, टर्की वा इटालीजस्ता देशहरुमा सधैँभरि मानिसहरु आउनेजाने क्रम चलिरह्यो । यही प्रक्रिया संसारका अन्य देशमा पनि भइरहे ।

अहिलेको बेलायतमा ७ हजार ५ सय वर्ष वर्षअघि ठूलो मात्रामा आप्रवासीहरु गएर बसन थाले ।
सन् १०६६ भन्दा पहिले फ्रान्समा भाइकिङ, एंगल्स, साक्सन र हुणजस्ता दर्जनौँ आदिवासी समूहले कब्जा जमाए र त्यहाँ राज गरे ।

करिब ४५०० वर्ष पहिले बेलायतमा मुख्य रुपमा किसान बस्थे, जो युरोपका अन्य विभिन्न भागबाट आएका थिए । खासगरी नेदरल्यान्ड र पूर्वी एंग्लियामा यो आउजाउ लगातार जारी रह्यो ।
डिएनएको आधारमा हामी तिनको गोरो रङ, कालो कपाल र खैरा आँखालाई अनुमान गर्न सक्छौँ तर पहिले जुन बेला उनीहरु शिकारी थिए, त्यो बेला उनीहरुको रङ गाढा थियो ।
त्यसैले जब कसैले पनि नश्लीय राजनीतिक पार्टीले जर्मनी भनेको जर्मन वा टर्की तुर्कहरु तथा फ्रान्स चाहिँ फ्रेन्चको मात्र हो भन्ने कुरा गर्न थाल्छन्, त्यो बेला उनीहरु मूर्ख देखिन्छन् ।

मिथक ४ः जिन परीक्षणबाट कोही सय प्रतिशत गोरा वा कालो केहो थाहा हुन्छ
वंशावली र आफ्ना पूर्वजहरुका साथा हाम्रो सम्बन्ध कस्तो थियो भन्ने कुराले हामीलाई सधैँ रोमाञ्चित पार्ने गर्छ । खासगरी नश्लमा विश्वास गर्नेहरुलाई त यसमा बडो रुचि हुने गर्छ ।
स्टर्मफ्रन्टजस्ता वेबसाइट गोरा राष्ट्रवादी र वर्चश्ववादीले निकै रुचाउने गरेका छन् ।
यस्ता मानिसहरु जिनसँग जोडिएका कुरा परीक्षण गर्छन् र साबित गर्न खोज्छन् कि उनीहरु गैरयहुदी हुन् र १०० प्रतिशत नै गोरा हुन् । तर यस किसिमको तर्क बडो बेइमानीपूर्ण हुने गर्छ ।

डिएनएले तपाईंलाई आफ्नो परिवारका बारेमा केही रोचक कुरा बताउन सक्छ र यसले आफ्ना नजिकको सम्बन्ध् रहेका व्यक्ति वा बुवाआमाका बारेमा बताउन सक्छ तर जीवविज्ञानमा यसको प्रभावको एउटा सीमा छ ।
समयसँगै आफ्ना वास्तविक पूर्वजका डिएनएको प्रभाव तपाईंभित्र कम हुन थाल्छ र बिस्तारै आउँदो पिँढीमा क्षीण हुँदै जान थाल्छ ।

उदाहरणका रुपमा ११ पिँढी पहिलेका पिँढीको आधा डिएनए मात्र तपाईंमा आएका हुन्छन् । त्यसैले आफ्ना पूर्वजहरुका साथ तपाईंको जो अनुवांशिक सम्बन्ध छ, त्यो बेग्लै पनि हुनसक्छ ।
डाक्टर रदरफोर्ड भन्छन्, ‘तपाईंभित्र संसारभरका बेग्लाबेग्लै मानिसको जिन अवस्थित हुनसक्छ । ती मानिसको बारेमा तपाईंलाई थाहा हुन पनि सक्छ र थाहा नहुन पनि सक्छ । निश्चित रुपमा तीमध्ये केहीका साथ तपाईंको बहुतैसार्थक आनुवांशिक सम्बन्ध नभएको पनि हुनसक्छ ।’

मिथक ५ः गोराका तुलनामा कालाहरु असल धावक हुन्छन्
सन् १९८० मा अन्तिम पटक कुनै गोराले ओलम्पिकको १०० मिटर प्रतिस्पर्धामा जितेका थिए ।
त्यसपछि अहिलेसम्म कालाहरुले पनि यस क्षेत्रमा दबदबा बनाउका छन् । यसले सो धारणालाई निकै मजबुत बनाउको छ कि अफ्रिकी नश्लका मानिसहरुमा खेलकुदमा उम्दा हुन्छन् । उनीहरुको आनुवांशिक गुणका कारण उनीहरुले यो फाइदा पाएका हुन् ।

डाक्टर रदरफोर्ड भन्छन्, ‘कुनै जिनका आधारमा स्पोर्ट्समा पाइने सफलतालाई नश्लसँग जोडेर हेर्न पनि सकिन्छ तर यो बडो कमजोर अनुमान हुनेछ ।’
सत्य त के हो भने खेलकुदमा जसले सफलता पाएको छ र त्यसमा आनुवंशिकतासँग जोडिन्छ, त्यो बेला हामी तार्किक कुरा गरिरहेका हुँदैनाै‌ ।

रदरफोर्ड भन्छन्, ‘खेलकुदमा त्यही व्यक्तिले राम्रो प्रदर्शन गर्न सक्छ, जसको मुटुको आकार ठूलो हुन्छ, फोक्सो ठूलो हुन्छ । मांसपेसी मजबुत हुन्छ । यदि यस किसिमको शारीरिक सुव्यवस्था अफ्रिकी मूलबाहेक अरु कुनै व्यक्तिसँग छ भने ऊ पनि खेलकुदमा उम्दा हुनसक्छ ।

खासगरी खेलकुदमा जम्नका लागि मानिस मनोवैज्ञानिक रुपमा सबल हुन जरुरी हुन्छ । जस्तो लगन, दृढ निश्चय, जोखिम लिनसक्ने गुण आदि ।

अध्ययनले के देखाएको छ भने जुन खेलकुदमा बढी शक्ति र स्टिमिना आवश्यक पर्छ, त्यसमा सफल भएका खेलाडीहरुमा आर–टाइपको एसिटिएन थ्री जिनको कपी पाइएको छ ।

अफ्रिकी–अमेरिकी एथलेटिक्समा यो जिनको प्रतिशत ९६ प्रतिशत हुने गरेको छ । गोराहरुमा त्यो ८० प्रतिशत छ । यसले अफ्रिकी–अमेरिकी खेलाडीहरुले अल बढी फाइदा पाएका छन् तर यो गोरा र काला खेलाडीबीच कुनै ठूलो फरक भने होइन ।

रदरफोर्डको भनाइ छ, ‘यो एउटा सरलीकृत विश्लेष हो तर यसले के देखाउाँछ भने स्पोर्ट्समा जिनको कुनै भूमिका हुँदैन ।’

प्रकाशित: २१ वैशाख २०७७ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App