९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

संगीत सुन्दा आनन्द

शाम्भवी सिग्देल,कक्षा ५,
कुमुदिनी होम्स,पोखरा।

कोरोना भाइरस फैलिएकाले सबै जना तर्सिएका छन् । हाम्रो विद्यालयको वार्षिक परीक्षा सकिएको केही दिनपछि नै लकडाउन सुरु भयो । यति लामो बिदा कहिल्यै भएको थिएन । हिजोआज दिनरातै परिवारको काखमा बस्न पाएका छौं । लकडाउन भएको धेरै दिन भैसक्यो । बिदामा घरायसी काममा सहयोग गर्दै आएकी छु । त्यसबाहेक टिभी हेर्ने, घरको आँगनमा खेल्ने, टिकटक बनाउने, मोबाइलमा गेम खेल्ने र पुस्तक पढ्ने गर्छु ।  

हाम्रो घर पोखराको कुँडहर भन्ने ठाउँमा छ । यतिबेला चाहिँ म कुँडहर भन्दा माथि आर्बा गाउँमा छु, मामाघरमा । यहाँ गाउँले वातावरण छ । भैंसी पालिएको छ । म आमाले भैंसी दुहेको हेर्छु । साँझ परेपछि बुबा भैंसी चरनबाट आयो कि आएन भनेर परसम्म हेर्न जानु हुन्छ । आमाले ठेकीमा दही मथ्नु हुन्छ । नौनी घ्यु निकालेपछि चाख्न दिनु हुन्छ । अहा ! कति मिठो । 

मलाई गीत गाउन र नाच्न मन लाग्छ । लोकगीत मलाई मन पर्छ । संगीत सुन्दा आनन्द हुन्छ । कहिलेकाहिँ चित्र पनि बनाउँछु । टिभीमा विभिन्न सिरियल र गीत हेर्छु । टिभी च्यानलहरूमा फिल्म पनि हेर्छु । लकडाउनमा हेरेका फिल्म मध्येमा मलाई ‘आई एम कलाम’ मन प¥यो । 

मलाई कथा किताब पनि पढ्न मन लाग्छ । रमाइला कथा पढ्दा मजा आउँछ । 

घरमा हुँदा बिहान, बेलुकीको समय र बिदामा आँगनमा साइकल कुदाउँथें । यता मामाघरमा बिहान र बेलुका टिभी हेर्छु । कहिलेकाहिँ मोबाइल फोनमा पनि खेल्छु । आँगनमा चुँगी पनि खेल्छु ।  

लकडाउनमा मामाघरमा छु । यहाँ म आमाले भैंसी दुहेको हेर्छु । उहाँले ठेकीमा दही मथ्नु हुन्छ । नौनी घ्यु निकालेर चाख्न दिनुहुन्छ । अहा ! कति मिठो । 

मामाघरमा भाइ पनि सँगै छ । उसलाई पनि समय दिन्छु । खेलाउँछु । हामी बिहान÷बेलुका एक छिन् पढ्छौं पनि । हामीले सकेको काम गर्नु पर्छ । खाना बनाउन, सरसफाइ गर्न र बारीमा तरकारी रोप्न पनि सिक्नु पर्छ । म कहिलेकाहिँ चिया पकाएर सबैलाई खुवाउँछु । मामाघरकी आमालाई तरकारी केलाउन र सरसफाइ गर्न पनि सघाउँछु । 

कोरोना भाइरसले संसारमा धेरै मान्छेको ज्यान गइसकेको छ । यसबाट हामी सबै बच्नु पर्छ । कोरोनालाई नियन्त्रण गर्न सरकारले लकडाउन गरेको हो । यसको हामीले पालना गर्नु पर्छ । लकडाउनको समयमा हामीले परिवारसँग रमाइलो गरेर विताउनु पर्छ ।

धेरै दिन भयो स्कुल नगएको । स्कुलका साथीहरूको सम्झना आइरहन्छ । कहिले स्कुल खुल्ला र उनीहरूसँग भेट्न पाइएला ! संगै खेल्न पाइएला ! म स्कुल खुल्ने दिनको प्रतिक्षामा छु । भाइरस रोकथाम नभई हाम्रो स्कुल खुल्दैन होला । 

कति साथीहरूसँग त हिजोआज पनि फोन र फेसबुकमा कुराकानी भइरहन्छ । सबैजना भाइरसबाट डराएका छन् । सहर बजारमा लकडाउन धेरै कडा छ । मान्छेहरू घरबाट बाहिर निस्कन पाउँदैनन् । हाम्रो मामाघरतिर भने खुकुलो छ । आफ्नो घर आँगनमा निस्कन, खेल्न, उफ्रन पाइन्छ । बारीमा गोडमेल गर्न पनि पाइन्छ । यसो गर्दा बाहिरका मान्छेसँग सम्पर्क हुँदैन । सुरक्षित नै भइन्छ । 

हामीले ख्याल गर्नु पर्छ । पटकपटक साबुनपानीले हात धुनु पर्छ । बाहिरी मानिस वा कोरोना संक्रमित भएकाहरूसँग नजिक पर्नु हुँदैन । हामी घरभित्रै बस्यौं र सरसफाइमा ध्यान दियौं भने कोरोनाले छुन सक्दैन । 

लकडाउनको बिदामा घरपरिवारमा रमाइलोसँग बसौं । आफूले जानेका सिप र कलालाई पनि निखारौं ।

प्रकाशित: १२ वैशाख २०७७ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App