४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

संकटमा सँगसँगै ‘गाउँका सिंहदरबार’

कर्णालीले हिजो केन्द्र (काठमाडौं सिंहदरबार)बाट जे–जस्ता सेवा–सुविधा पाउँदै आएको थियो, त्यो अपर्याप्त थियो। आज पनि काठमाडौंदेखि कर्णाली धेरै टाढा छ। भर्खरैजस्तो प्रदेश र स्थानीय सरकार घर–दैलो पुगेका छन् तर कर्णालीले आफूलाई उठाउन थुप्रै पूर्वाधार तयार हुन बाँकी नै छन्। जसकारण यहाँको रोग, भोक र गरिबी हट्न सकेको छैन। झाडा–पखाला र विभिन्न रोगले बर्सेनि यहाँका नागरिक अकालमै ज्यान गुमाउन बाध्य छन्। सेवा, सुविधा र पूर्वाधार नहुँदा कर्णालीवासीले गुणस्तरीय उपचार र शिक्षा पाउन सकेका छैनन्। रोजगार, स्वरोजगार र उत्पादनसँग जोडिन नसक्दा यहाँका नागरिक गरिबीसँग जुधिरहेका छन्। 

कर्णालीका स्थानीय सरकार अर्थात् ‘गाउँका सिंहदरबार’ले यो संकटका बीच केही महत्वपूर्ण र उदाहरणीय काम गरेका छन्।
 

अहिले विश्वभरि फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारीबाट विश्वका शक्तिशाली राष्ट्र प्रताडित छन्। जहाँ सुविधासम्पन्न अस्पताल छन्, त्यहाँका नागरिकले दैनिकजसो मृत्युवरण गरिरहनुपरिरहेको छ। यस्तो विश्व परिस्थितिमा कर्णालीको तयारी कस्तो होला ? कोरोना संक्रमण रोकथामका लागि भइरहेको बन्दाबन्दी (लकडाउन)ले देशसँगै विश्वको अर्थतन्त्र प्रभावित भएका बेला कर्णालीले कसरी काम गर्दै होला ? धेरैलाई लाग्न सक्छ, कर्णाली संकटमा छ। तर, कर्णालीका स्थानीय सरकार अर्थात् ‘गाउँका सिंहदरबार’ले यो संकटका बीच केही महत्वपूर्ण र उदाहरणीय काम गरेका छन्। नागरिकले यो संकटको बेला नजिकको सरकारको अनुभूति गर्न पाएका छन्।

प्रकाशित: ११ वैशाख २०७७ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App