२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मेरो स्पेसल कोही छैन

‘काउसो’, ‘काले दाइ’ लगायत फिल्ममा अभिनय गरेकी अभिनेत्री अनु पराजुलीले सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । आफूलाई प्रिय लाग्ने कुरा उनले ‘नागरिक परिवार’लाई यसरी बताएकी छन् ।

पुस्तक
मेरो पुस्तक नपढी बस्ने बानी छैन । बजारमा आएका र आफूलाई चाख लाग्ने पुस्तक किनेर पढिरहेकी हुन्छु । मैले हालै ‘मनसुन’ उपन्यास पढेँ । तिहारमा थोरै फुर्सदका बेला एकै बसाईमा पढेर सिध्याउने हेतुले किनेकी थिएँ तर आधा मात्र पढ्न भ्याएँ । आधा पढिसक्दा मलाई यो मन परिरहेको छ ।

भेट्न मन लागेको व्यक्ति
स्पेसल यही मान्छे भन्ने छैन ।

भेटिरहन मन लाग्ने व्यक्ति
मलाई मेरा साथीहरु र मेरो घर परिवार भेटिरहन मन लाग्छ ।

नेता
घर–परिवारमा प्रिय नेता अहिलेका प्रधानमन्त्री केपी शर्मा हुनुहुन्छ तर मेरा लागि सबै जना प्रिय हुनुहुन्छ । सबैले देशका लागि नै सोच्नु भएको छ जस्तो लाग्छ मलाई । सबैको आ–आफ्नो भिजन हुन्छ नै । मलाई सबै पार्टीका सबै नेता मन पर्नुहुन्छ ।

ब्याग
मलाई एनके ब्याग मन पर्छ । यो सानो–ठूलो दुवै साइजमा पाइन्छ । मैले धेरै युज गर्ने ब्याग यही हो । प्रायः मेरो साथमा पछाडि भिर्ने सानो ब्याग भइरहन्छ । यो ब्याग निकै पहिलादेखि नै बोक्दै आइरहेकी छु ।

घडी
मलाई घडी लगाउने सोख त छैन  तर अरूले लगाएर हिँडेको घडी हेर्न मन लाग्छ । म घडी त्यत्ति लगाउँदिनँ । कहिलेकाही कतै जानु पर्दा मात्रै लगाउँछु । कुन ब्रान्डको घडी हो भनेर याद पनि गरेकी छैन ।

चस्मा
राजधानीमा धुलो–धुँवाबाट आँखा जोगाउन जुनसुकै बेला पनि चस्मा लगाउनुपर्ने अवस्था छ । यसका लागि मेरो प्रिय भनेकै चस्मा हो । मैले लगाउने चस्मा महँगो छैन । बाटोमा जहाँ राम्रो र सस्तो चस्मा भेटिन्छ, त्यहीँ किन्छु र लाउँछु । मैले लगाएको चस्मा कुन ब्रान्डको मलाई थाहा छैन ।

सपिङ गर्ने ठाउँ
सपिङ गर्ने ठाउँ निश्चित रुपमा यहीँ हो भन्ने छैन । जुन ठाउँमा आफूलाई राम्रो लाग्ने सामग्री पाइन्छ, त्यहीँ किनेर हिँडिहाल्छु । कहिले न्युरोड गइरहेकी हुन्छु । कहिले बानेश्वरमा पनि किनिरहेकी हुन्छु । मेरो यही सपिङ सेन्टर प्रिय छ भन्ने छैन ।

हेरिरहन मन लाग्ने फिल्म
मलाई नेपाली फिल्ममा ‘म तिमी बिना मरिहाल्छु’ फिल्म हेरिरहन मन लाग्छ । म सानै हुँदा हेरेको फिल्म भएकाले यसको कथाले भित्रैबाट छोएको थियो । फिल्ममा सबैको अभिनय जीवन्त लागेको थियो ।

अभिनेता
मलाई प्रदीप खड्का र सलीनमान बनिया मनपर्ने नायक हुन् । प्रदीप खड्काले अभिनय गरेका फिल्ममध्ये ‘प्रेमगीत’ एकदमै मन परेको हो ।  यता सलिनमान बनियाँको हेयर स्टायल र ड्रेसअप मनपर्छ ।

अभिनेत्री
मलाई सानैदेखि रेखा थापा मन पर्छ । फिल्ममा पनि एक्सन प्रधानदेखि लिएर रुनेधुने पनि सुहाएको जस्तो लाग्छ । फिल्ममा उहाँको बोल्ने शैली, हाउभाउ, उहाँ हाँसेको मन पर्छ । म रेखा दिदीको अभिनयको म फ्यान हुँ । मलाई मेनुका प्रधानको अभिनय पनि दमदार लाग्छ । अरु पनि थुप्रै नायिकाहरु हुनुहुन्छ तर पनि अभिनय रेखा दिदीकै गज्जब लाग्छ ।

गायक
गायकमा मलाई प्रमोद खरेल पर्छ । उहाँले गाएका हरेक गीतहरुले मन छुन्छ । उहाँको गायकीमा सबैलाई तान्न सक्ने क्षमता छ । पछिल्लो समय  युवा पुस्ताका लोकप्रिय गायकका रुपमा परिचित पनि हुनुहुन्छ पनि । प्रताप दास पनि राम्रै लाग्छ ।

गायिका
गायिकामा मलाई अञ्जु पन्त मन पर्छ । उहाँका गीतहरु असाध्यै मन पर्छ । पुराना गायिकाहरुमध्ये अरुणा लामा, तारादेवी पनि मन पर्नुहुन्छ ।

सुन्न मन लागिरहने गीत
म सबै खाले गीत सुन्छु । लोकदोहोरीदेखि लिएर सेन्टिमेन्टल सबै खाले गीत सुन्छु ।

कलर
मलाई लाइट कलर मन पर्छ । पहेँलो कलर मलाई अझ मन पर्ने कलरमा पर्छ । अब इभेन्टमा फरक–फरक ड्रेस लगाउनुपर्ने भएकोले हो, नत्र त मलाई पहेँलो कलरकै ड्रेस लगाउन मन पर्छ ।

सवारी साधन
काठमाडौंमा  छिटो–छरितो चाहिने भएकोले स्कुटर राम्रो लाग्छ तर धुलो धुँवाबाट जोगिनका लागि कार नै ठीक लाग्छ ।

खाना
मलाई  नेपाली खाना  दाल, भात, तरकारी मनपर्छ ।

ड्रेस
समयअनुसार कुर्था सुरुवाल नै लगाइरहेकी हुन्छु । साडी लगाउन पनि मलाई मन पर्छ ।

पर्व
मलाई हरितालिका तिज मन पर्छ किनभने हाम्रो घरमा तिजका बेला पूरै रमझम हुन्छ । आफ्नै परिवारका सदस्य भेला भएर दिनभरि नाचेर रमाइलो गरिन्छ । त्यस्तै अर्को महान चाड दसैं–तिहार पनि मन पर्छ । दसैं–तिहारमा आफन्तसँग भेटघाट हुन्छ । घरपरिवार नै भेला हुँदा त्यसै रमाइलो लाग्छ । त्यसैले मलाई दसैं–तिहार पनि उत्तिकै मन पर्छ । दुई जना फुपू, भाउजू लगायत सबै भेला हुँदा त घरै भरिन्छ ।

फूल
गुलाफको फूल मन पर्छ ।

ठाउँ
मलाई आफू जन्मेको ठाउँ धुलिखेल नै मन पर्छ । अर्को ठाउँ पोखरा हो । पोखराको सुन्दरताको के कुरा !

कलर
मलाई रातो र पहेँलो कलर मन पर्छन् ।


 

 

प्रकाशित: १२ मंसिर २०७६ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App