१६ चैत्र २०८० शुक्रबार
अन्य

च्याट

अविवाहित केटी मनिषा। रोहितले मनिषाको हातमा हात राख्दा उसले कफीको स्वाद बिर्सी। रोहितको स्पर्श उसलाई राम्रो लाग्यो।  एउटा  ढुङ्गा पोखरीमा फाल्दा पोखरीको वारिदेखि पारिसम्म तरङ्ग फैलिए जस्तै उसको जिउभरि तरङ्ग फैलियो। उसले रोहितको हातबाट  आफ्नो हात हटाउन सकिन। त्यो तरङ्गको अनुभूति गर्न ऊ धेरै दिनदेखि पर्खिरहेकी थिई उसको अनुहारमा त्यस्तै भाव व्यक्त भइरहेको थियो। उसको अनुहारमा डरभन्दा आनन्दको वहार देखिन्थ्यो। त्यसपछि उसका औँलाहरु रोहितले चलाउन थाल्यो। मनिषा निशब्द भएर उसलाई आफ्ना औँलाहरु चलाउन दिई। उसको पुरै जिउका अङ्ग अङ्गमा काउकुती लाग्न थाल्यो। उसले आफूलाई नियन्त्रण गर्न सकिरहेकी थिइन्।

क्याफेमा दुबैजना कफी खाइरहेका थिए। उसको वश चलेको भए, क्याफेमा मान्छेहरु नभएको भए उसले रोहितलाई कसेर समात्ने थिई। उसले रोहितको आँखामा आँखा राखी। रोहितको ओठ रातो र सुख्खा थियो। उसको अनुहारमा विचित्रको तृष्णा थियो। गाला रातो, निलो भइरहेको थियो। उसले पनि आफूलाई नियन्त्रण गर्न सकिरहेको थिएन। रोहितको आँखाले पनि अब के गर्ने ? कहाँ जाने ? नियन्त्रण गर्न सकिरहेको छैन ? भन्ने भाव झल्किरहेको थियो। दुवैजना एक अर्काको सामिप्यता अनुभव गर्न व्याकुल थिए तर क्याफेमा भएका मान्छे अनुकूल उनीहरु आफूलाई राख्ने प्रयास गरिरहेका थिए।

रोहित क्याफेको चारैतिर आँखा नचायो। त्यहाँ एकान्त थिएन।चिया र कफी खाने मान्छेको भिड थियो। उनीहरु दुबैजनालाई एकान्त चाहिएको थियो। एकान्तमा समय बिताउन नपाएकाले उनीहरु छटपटाइरहेका थिए। रोहितले पर हेर्यो। क्याफेको अगाडिमा होटल थियो। रोहित, ‘होटलतिर जाने?’ भनेर मनिषालाई भन्यो। मनिषा पनि उसको सामिप्यता अनुभव गर्न ओतप्रोत भइरहेकीले उसले रोहितलाई  नाइ भन्न सकिनँ। लजाउँदै हुन्छ भनेर टाउको हल्लाई। रोहित र मनिषाको यो पहिलो भेट थियो। च्याट र भिडियो कलमा उनीहरु एक महिनादेखि कुरा गरिरहेका थिए। समय मिलाएर बल्ल उनीहरु भेट्ने मौक पाएका थिए।

कस्तो लाजै नभएकी केटी ? नचिनेको केटोसँग पहिलोपटक भेटेकी थिई ऊ। नचिनेको केटोसँग सुत्न जान कसरी तयार भई। छ्या ! उसको नैतिकताले कसरी मान्यो। आफ्नो संस्कार बिर्सेर कुमारीत्व लुटाउन उसलाई रतिभर पनि लाज लागेन ? उसको आत्मा कामेन ?थुक्क ! रोहित पनि कस्तो केटो ? भेट्न पाएको छैन। होटल खोज्न व्यस्त भयो। मनिषा पनि कति सजिलै टाउको हल्लाई।

कस्तो लाजै नभएकी केटी ? नचिनेको केटोसँग पहिलोपटक भेटेकी थिई ऊ। नचिनेको केटोसँग सुत्न जान कसरी तयार भई। छ्या ! उसको नैतिकताले कसरी मान्यो। आफ्नो संस्कार बिर्सेर कुमारीत्व लुटाउन उसलाई रतिभर पनि लाज लागेन ? उसको आत्मा कामेन ?थुक्क ! रोहित पनि कस्तो केटो ? भेट्न पाएको छैन। होटल खोज्न व्यस्त भयो। मनिषा पनि कति सजिलै टाउको हल्लाई।

एकछिनपछि रोहित आयो। रोहित नआउन्जेल ऊ रोहित गएकोतिर हेरिरहेकी थिई। एकछिनपछि रोहित आएपछि ऊ ढुक्क भई। रोहितलाई देखेपछि उसले थुक घुटुक्क निली। उसको गाला तातो भइरहेको थियो। उसले आफ्ना गाला दुबै हातले छामी। गाला छाम्दै रोहितको पछिपछि गई। उनीहरु दुवैजना होटल पुगे। रोहितले होटलमा एउटा कोठा बुक गराएको थियो। भ-याङ चढ्दै दुबैजना कोठाभित्र छिरे। रोहित ओछ्यानमा पल्टियो। मनिषा अलि पर ओटछ्यानमै बसी।

‘नजिक आऊ न’ भनेर रोहितले भन्यो। मनिषा लजाई। केही बोलिन्। उसलाई अनौठो किसिमको सङ्कोच  लागिरहेको थियो। उसको नजिक गइन। रोहित मनिषाको छेउमा गयो। मनिषाको तिघ्रामा टाउको राख्यो। मनिषाविस्तारै रोहितको कपालमा हात राख्दै उसको कपाल सुम्सुम्याउन थाली। मनिषा रोहितको कपाल सुम्सुम्याउन थालेपछि रोहितको जिउभरि ऊर्जा थपियो। उसले मनिषाको हात समातेर चुम्न थाल्यो। मनिषा जिउ कुप्रयाउँदै रोहित नजिक टासिँदै गई। रोहितको स्वास्वा गर्दै सास फेरेको सुनिन्थ्यो। मनिषाको मुटुको ढुकढुकी तीव्र प्रवेगले बढ्यो। रोहितले टाउको माथि उठाउँदै मनिषाको घाँटी तल तान्दै मुखमा मुख जोड्यो। उनीहरु एक अर्काको मुखमा मुख जोड्दा दुवैजनाको तातो सास एकअर्काको सासमा हरायो। रोहित विस्तारै आफ्नो हात मनिषाको वक्षस्थलतिर सा¥यो। उसले वक्षस्थलतिर हात अगाडि बढाउँदा उसको जिउमा झन ऊर्जा थपिएजस्तो भयो। रोहित विस्तारै लुगााको माथिबाट  मनिषाको जिउ चलाउन थाल्यो। मनिषा पनि आफूलाई नियन्त्रण गर्न सकिन। आह ! भन्दै उसले पनि रोहितको मुखमा मुख जोडिरही। जति जति रोहित उसको आकर्षक ओठ चुम्दै थियो त्यति नै उसको मनमा मनिषालाई नाङ्गो पारेर हेर्ने इच्छा प्रवल भइरहेको थियो।

रोहित मनिषाको पिठ्युतिर हात छिराउँदै उसको ब्रा खोल्यो। चरम सुखको अनुभूत गर्न मनिषा पनि तयार थिई। टिसर्ट भित्रबाट उसको जिउ रोहितले चलाउन थाल्यो। जति जति उसको आकर्षक स्तनहरु रोहितले थिच्न थाल्यो त्यति नै चरम सुखको अनुभूति मनिषाले गर्न थाली। रोहितले मनिषाको टिसर्ट खोल्यो। मनिषा लजाउँदै आफ्ना दुइटै हत्केलाले स्तन छोपी।

रोहितले आफ्नो टिसर्ट खोलेर पर फाल्दै मनिषालाई ओछ्यानमा पल्टायो। मनिषा हत्केलाले स्तन छोप्दै ओछ्यानमा पल्टी। हुन त उनीहरुधेरै पटक भिडियो कलमा नाङ्गिसकेका थिए तर प्रत्यक्ष रुपमा ननाङ्गिएकीले उसलाई अप्ठ्यारो लागिरहेको थियो। रोहितले उसलाई पल्टाएर आफ्ना ताता ओठहरुले उसको ओठमा चुम्न थाल्यो। रोहितले प्रत्यक्ष रुपमा मनिषाका आकर्षक, सुडौला, गोरा, बाटुला, गोरा नाङ्गा स्तनहरु देखेर मदहोस भयो। दुबैजनाका बोली बन्द थिए। थियो केवल एकान्त र बन्द ओठहरु। मनिषाका आँखाहरु बन्द थिए। खुला थियो त केवल मनिषाको नाङ्गो र अर्धबेहोस जिउ। बन्द कोठामा केही सुनिएको थिएन। सुनिएको थियो त केवल दुबैजनाका ढुकढुकीको तीव्र प्रवेग। सुनिएको थियो त केवल आहँ !, ओहो ! र उफ ! को आवाज। उनीहरुका सास तातो हावा बनेर कोठाभरि उडिरहेको थियो। रक्तसञ्चारको गति तेज थियो। त्यति नै तेज गतिमा उनीहरुको जवानीको ज्वारभाटा फुट्दै बग्दै थियो बन्द कोठाको एकान्त कुनामा। 

मनिषा छटपटाउन थाली। अनौठो छटपटीले मनिषा बिथोलिएकी थिई। मनिषाको त्यही छटपटी रोहितलाई लठ्याएको थियो।  अर्धबेहोस बनाएको थियो। रोकिने कुनै सङ्केत थिएन। बरु थियो जवानीको ज्वालालाई सर्लप्प निल्ने सङ्केत। नरोकिकन रोहित मनिषाको अङ्ग अङ्ग चलाउन थाल्यो। मनिषालाई त्यो कोठाभित्रको सबै कुरा राम्रो लाग्न थाल्यो। त्यो कोठाको एकान्तमा रोहितको तातो चुम्बनमा ऊ हराउँदै गई। उसले रोहितलाई अँगालोमा अठ्याई। रोहितले पनि मनिषालाई अँगालोमा बाध्यो। दुवैजना एकअर्काको सामिप्यतामा हराउन थाले। रोहितको तातो गाला मनिषा दाया हातले मुसार्दै रोहितको जिउभरि स्पर्श गर्न थाली। दुबैजनाको ओठ एकअर्काको थुकले भिजे। नरोकिकन रोहित मनिषाका अङ्गअङ्गमा स्पर्श गर्दै  मनिषा आफ्नो निर्वस्त्र जिउ रोहितलाई सुम्पी। निर्वस्त्र मनिषा थिई ओछ्यानमा अशान्त, अर्धबेहोस्, जवानीको झिल्काले पिरोलिएकी, छटपटीले अनियन्त्रित । दुवैजना नाङ्गिएपछि मनिषाको आँखामा आँखा राख्दै रोहित आफ्ना तनक्क तन्किएका पुष्ट छातीहरु मनिषाको छातीमा राखेर खप्टियो।

एकघन्टासम्म उनीहरु केके कुरा गर्दै एकअर्काको अँगालोमा नाङ्गै बेरिरहे। केके कुरा गरिरहे। बेलुकी उनीहरु आआफ्ना घर फर्के। राति उनीहरु आधा रातसम्म फेरि च्याट गरे। उनीहरु राति फेरि एकअर्काको जिउ देखाउँदै नाङ्गिए। होटलमा बिताएका पलहरुको वर्णन गर्दै उनीहरु धेरै बेरसम्म कुरा गरे।

बिहान उठ्नेबित्तिकै मनिषा अनलाइन आई। उसले फेसबुकमा रोहितलाई  खोजी। रोहितलाई भेटाइन्। च्याटमा खोजी। कन्टेन्ट नट अभेलेवल भनेर मेसेज आयो। ऊ उठेर ओछ्यानमा बसी। रोहितले दिएको मोबाइल नम्बरमा फोन गरी। फोन गर्दा स्वीच अफ देखायो। पटक पटक फोन गरी। स्वीच अफ देखायो। रोतितलाई धेरैपटक सर्च गरी तर रोहितलाई भेटाइन। रोहितले मनिषालाई ब्लक हानिसकेको थियो। उसले सोचेकी पनि थिइन् रोहितले उसलाई ब्लक हान्छ भन्ने कुरा।

उसले रोहितलाई राम्ररी चिनेकी पनि थिइन्। उसको ठेगाना माग्दा उसले पछि आफ्नो घर लग्ने कुरा गरेको थियो त्यहाँदेखि उसले ठेगाना सोधेकी थिइन। फेसबुकमार्फत् विश्वास गरेको केटो अलप भइदिँदा मनिषालाई दुःख होइन आत्म ग्लानी भयो। ऊ पश्चातापमा परी। नचिनेको केटोलाई सर्वश्व सुम्पिँदा संसारको सबैभन्दा मूर्ख केटी आफूलाई उसले ठानी। पटक पटक सर्च गरेर रोहितलाई  पनि उल्टै ब्लक गर्ने उसको दिमागमा विचार आयो। तर रोहितले नै मनिषालाई ब्लक गरेपछि मनिषाले रोहितलाई सर्च गर्न छोडी।

हप्ता दिनपछि एकजना केटोले धेरैपटक हेलो, हेलो भनेर मेसेज पठाएको थियो। मनिषालाई जवाफ फर्काउन मन लागेन। त्यो केटोले ‘आई लभ यु बेबी’ भनेर मेसेज पठायो। मनिषाको पारा तात्यो मेसेज देखेर। उसले यताबाट लेखी, तेरो घरमा बैनी छैन। उताबाट जवाफआयो, ‘बैनी त छ नि तर के गर्नु बुढी छैन।’ मेसेज हेरेर मनिषाले जवाफ फर्काइन। सिधै त्यो केटोलाई तुरुन्तै ब्लक गरी। रोहितप्रतिको रिस उसको मनबाटहराएको थिएन। त्यसमाथि नचिनेको केटोले मेसेज गर्दा उसलाई राम्रो लागेन। उसले रोहित जस्तो घटिया केटोलाई सम्झिन खोजिन। मनिषा पनि के कम थिई। ऊ पनि रोहितलाई साथ दिन अगाडि नै थिई। जति रोहितको दोष थियो त्यति नै मनिषाको।

एक महिनापछि फेरि एक जना हट्टा कट्ठा देखिने केटोले मनिषालाई हेलो भनेर मेसेज पठाएको थियो।  कुन्नि उसको पनि के मुड चल्यो उसले पनि हेलो, भनी। त्यहाँबाट दुबै जनाको कुरा हुन थाल्यो। मनिषा पनि त्यो केटोसँग विस्तारै च्याट गर्न थाली। एक अर्काले आफ्नो बारेमा जानकारी दिन थाले। एक अर्कालाई आफ्नो तस्बिर पठाउन थाले। त्यो केटोले मनिषालाई ‘मिस यु’ भनेर मेसेज पठायो। त्यो केटोले‘मिस यु’ भन्दा मनिषा रिसाई। जवाफ फर्काइन। त्यो केटोले सरी भन्यो। त्यसपछि बल्ल मनिषाले यताबाट मेसेज गरी।

दिन बित्दै थियो। दुबैजनामा मित्रता बढ्दै गयो। एक अर्कासँग च्याट नगरी बस्नै नसक्ने भए दुबै। अफिस, घर जहाँ भए पनि उनीहरु पटक पटक आफ्नो मोबाइल हेर्थे। मौका पाउने बित्तिकै एक अर्कालाई मेसेज गर्थे। आफूले खाएको, काम गर्दै गरेको सबै कुराको जानकारी एक अर्कालाई दिन थाले।

एकअर्कासँग च्याट नगरी बस्नै नसक्ने अवस्थामा पुगे दुबै। अब त्यो केटोले मेसेन्जरमा कल गर्न थाल्यो। दुबैजना मेसेन्जरमा कुरा गर्न थाले। त्यतिले नि पुगेन। अब उनीहरु एक अर्कालाई हेर्ने अवस्थामा पुगे। भिडियो कल गर्न थाले। भिडियो कल गर्दा केटो सारै राम्रो देखी मनिषाले।सलक्क परेको कपाल, मिलेको अनुहार, गोरी, अग्ली, पात्ली मनिषालाई देखेर केटो लट्ठै प¥यो। हुन त फोटामा पनि एकअर्कालाई देखेका थिए तर भिडियोमा फोटाभन्दा पनि राम्रा देखिए दुबै। मनिषा कुरा गर्दै ओछ्यानमा पल्टी। मनिषाको घाँटीमा कपाल बेरियो। कपाल बेरिएको देखेर केटोले घाँटी तन्काएर मनिषातिर हेर्दै भन्यो, ‘कपाल घाँटीबाट हटाऊ।’ उसको कुरा सुनेर मनिषा लजाई। लजाउँदै घाँटीमा बेरिएको कपाल हटाई। गोरो घाँटी देखेर केटो  मनिषालाई भन्यो, ‘क्यामेरा अझै माथि गर न।’मनिषाले मोबाइल तेर्साई। मनिषाको बाटुला र पुष्ट स्तनहरु कुर्ताको माथिबाट उठेको देखियो। मनिषाको पुष्ट छाती देखेर केटोले थुक निल्यो। मनिषा केटोतिर हेदैए भनी, ‘भयो ?’‘अझै माथि राख न मोबाइल’ भनेर केटोले भन्यो। मनिषा पनि उसको कुरामा लाडिदै गई। लाडे स्वरमा भनी,‘मलाई हेरेको पुगेन ?’‘तिमीलाई जति हेरे नि नपुग्ने रैछ। तिमी त फेसबुकमा देखिने फोटाभन्दा पनि राम्री रहिछ्यौ।’ केटोले भन्यो। केटोको कुरा सुनेर मनिषा मख्खै परी।

दिनदिनै उनीहरु एकअर्कासँग कुरा गर्न थाले। एकअर्कालाई नहेरे उनीहरुलाई दिनै नबितेजस्तो लाग्थ्यो। लुगामाथिबाट जिउ देखाउँदा देखाउँदै पनि उनीहरुलाई पुगेन। उनीहरु एकअर्कालाई नाङ्गो हेर्न चाहन्थे तर एकअर्कालाई भन्न सकेका थिएनन्। एकदिन धेरै सहाज जुठटाएर केटोले भन्यो,‘मनिषा माथिको लुगा खोल।’ मनिषाले रिसाउँदै भनी, ‘किन ?’ केटोले भन्यो,‘मलाई कस्तो हेर्न मन लागेको छ ? फुकाल न छिटो।’ मनिषा रिसले फोन काटी। कस्तो नराम्रो केटो रैछ भनेर कुरा गर्न छोडी। दुई दिनसम्म मनिषा त्यो केटोसँग कुरा गरिन्। त्यो केटोले मेसेज गरेको गरै थियो। ‘सरी’ भन्दै मेसेज पठाएको पठाई थियो। ‘अब त्यस्तो कहिले भन्दिनँ।’ भनेर केटोले मेसेज पठायो। त्यसपछि मनिषाले उसको मेसेजको जवाफ पठाई। त्यो दिनदेखि फेरि भिडियो कलमा उनीहरुको कुरा हुन थाल्यो। कुरा गर्दा गर्दै मनिषालाई त्यो केटो सारै राम्रो र इमानदार लाग्न थाल्यो। 

एक हप्तापछि फेरि त्यो केटोले,‘माथिको लुगाा फुकाल न हेछर्’ु भन्यो। मनिषाले पनि यो पटक नाइ भनिन्। त्यो केटोले मनिषाको मन जितिसकेको थियो। कुर्ताको गला तल सारी। स्तनहरु आधा देखियो। त्यो मान्छे। आह ! कति राम्रो भन्दै,‘अझै तल सार न’ भन्यो उसले अझै तल सारी कुर्ता। कुर्ता तल सारैपछि स्तनका मासुका डल्ला बाटुला र आकर्षक देखियो। त्यो केटोले ओठ चाट्दै,‘आँह कस्तो राम्रो। म्वाई खाइदिऊँ।’ भन्दै मोबाइलमा चुम्न थाल्यो। मनिषा केटोको कुरा सुनेर मदहोस भइसकेकी थिई। मनिषा अनौठो काउकुती र छटपटीले ओछ्यानमा छटपटाउन थाली। उसको पुरै जिउ केटोले चलाइदिएको जस्तो गरेर आह ! उह ! को आवाज निकालिरह्यो।

केटोले पनि आफ्नो सबै लुगाा फुकाल्यो। केटोलाई नाङ्गोदेखेर केटोले केही नभन्दै मनिषाले पुरै कुर्ता फुकाली। गोरो जिउ, मिलेको पेट, नाइटोको खाल्डो र दुई पुष्ट गोरा स्तनहरु छर्लंगै देखियो। नाङ्गो मनिषालाई देखेर त्यो केटो पनि मदहोस भयो। मनिषा पुरै जिउ ओछ्यानमा खुला छोडेर पल्टी। केटोलाई पनि पुगेको थिएन। मनिषालाई पनि पुगेको थिएन।केटोको नाङ्गाो जिउ देखेर मनिषा लट्ठै परी। दुबैजना एक अर्काको नाड्गोे जिउ देखेर चरम सुखको अनुभूतिगर्ने निचोडमा पुगे। उनीहरु एक अर्काको गोप्य अङ्गहरु हेर्दै आह ! उह ! को आवाज विस्तारै निकाल्दै चरम सुखको अनुभूति गर्न थाले।

एक हप्तापछि त्यो केटोको फेसबुकमा एकजना आइमाईले र आफू र दुईजना छोराछोरी उभिएको र छेउमा त्यही केटो उभिएको फोटो ‘माई स्वीट फेमिली’ भनेर केटोको फेसबुकमा ट्याग गरेर हालेकी  रहिछे। त्यो फोटो देखेर मनिषा छाङ्गाबाट खसे जस्तै भई। बिहे भएको छैन भनेर ढाट्दै आएको केटोको बुढी र छोराछोरीको तस्बिर देख्दा मनिषा पश्चातापमा परी। त्यही तस्बिर मनिषाले केटोलाई  पठाउँदै,‘यिनीहरु को हुन्?’ भनेर सोधी।केटोले तस्बिर हेरेर केही जवाफ पठाएन। मेसेज गर्दा पनि केही जवाफ फर्काएन। कल गर्दा पनि उठाएन। त्यो केटोदेखि मनिषालाई सारै रीस उठ्यो। उसले त्यो केटोलार्ई ब्लक गरी।

त्यहाँबाट ऊ त्यति धेरै अनलाइन आउँदैनथी। ऊ पश्चातापको आगोमा पिरोलिरहेकी  थिई। केटोको बारेमा थाहै नपाई नाङ्गिदा उसलाई आफ्नो सर्वश्व खोसिएको अनुभव भयो। उसले फेसबुक खोले पनि उसलाई त्यो मान्छेको अनुहार सम्झेर सारै रिस उठ्थ्यो। त्यतिवेला उसले मोबाइल बन्द गरेर अर्को काम गर्न थाल्थी।

अचेल उसले नचिनेका मान्छेसँग च्याट गर्न छोडिसकेकी थिई। एक दिन उसको मेसेन्जरमा एकजना मान्छेले केटीहरुका अश्लील तस्बिरहरु पठाउन थाले। धेरै अश्लील तस्बिरहरु पठाएकाले उसले मेसेन्जर खोलेर तस्बिरहरु हेर्न थाली। तस्बिरहरु हेर्ने लायकका एउटा थिएनन्। सबै केटीका नाङगा तस्बिरहरु थिए।केटीका नाङ्गा तस्बिहरु हेरेर ऊ एकछिन टोलाई। उसले जवाफ फर्काई,‘तेरो घरमा दिदी, बहिनी छैनन्। यस्ता तस्बिरहरु पठाउन लाज लागेन।’ त्यो मान्छेले उताबाट जवाफ फर्कायो, ‘दिदी, बहिनी त छन् नि तर के गर्नु तिमीले दिन सक्ने कुरा उनीहरुले दिन सक्दैनन् नि। तिम्रो फोटो पठाऊ न हेर्छु। ’

त्यो मान्छेको जवाफ सुनेर मनिषा त्यो मान्छेसँग मुख लाग्न ठिक ठानिन्। उसले मनमनै सोची , कस्तो लाजै नभएको मान्छे रहेछ। यस्ता निर्लज मान्छेहरु र मजस्ता मूर्ख, बुद्धिहीन केटीहरुको कारणले गर्दा  साइबर क्राइम बढ्दै छ। सामाजिक सञ्जालको सही उपयोग पो गर्नुपर्छ। गलत रुपमा उपयोग गरे समाज बिग्रिन्छ। अपराध बढ्छ। मैले अगाडिको दिनमा जे गरे त्यो मेरो भुल थियो। त्यही घटना म फेरि दोहो¥याउने छैन। सामाजिक सञ्जालको अब म सही रुपमा उपयोग गर्ने छु।

मनिषाकेटीहरुका अश्ली तस्बिरहरु टन्न जम्मा पारी।जम्मा पारेका तस्बिहरु त्यो मान्छेलाई पठाउन थाली। त्यो मान्छेले एउटा तस्बिर पठाउँदा मनिषाले चारओटा अश्लील तस्बिर पठाउन थाली। त्यो मान्छेले जतिओटा तस्बिर पठाउँथ्यो त्यसको दोब्बर तस्बिर मनिषाले पठान थाली। त्यो मान्छे थाकेर अन्तिममा अश्लिल तस्बिहरु पठाउन छोड्योे। त्यो मान्छेले मेसेज पठायो, ‘बैनी भयो। म हारेँ। तिमीे जित्यौ। मैले गल्ती गरेँ। त्यसको लागि माफी पाऊँ।’ यति मेसेज गरेर त्यो मान्छेले मनिषालाई तुरुन्तै ब्लक हान्यो।

मनिषा अचेल फेसबुक कम चलाउँछे। चलाए पनि चिनेका आफन्त र साथीहरुसँग मात्र कुरा गर्छे। समाचार हेर्न र नयाँ नयाँ कुराको जानकारी पाउन मात्र उसले फेसबुक चलाउँछे। दिनभरि काममा व्यस्त हुन्छे।

प्रकाशित: ३० कार्तिक २०७६ ०३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App