१९ असार २०७७ शुक्रबार
अन्य

दसैं हाम्रो परम्परा र संस्कृति

बिन्दु अधिकारी ढकाल

भाइबहिनीहरू, पोहोर साल जस्तै यसपालि पनि दसैं नजिक आइसक्यो। आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना व्रतसँगै नवरात्र आरम्भ भइसकेपछि शक्तिस्वरुपादेवी शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदातृका साथ चण्डीपाठ हुन्छ। नवदुर्गाको पूजा गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती समेतको पनि विशेष पूजाआजा र आराधना सुरु भइसकेको छ।

के गाउँ के शहर सबैतिर दसैंको भव्य चहलपहल देखिन्छ। हाटबजारमा कतै लुगाकपडा किन्ने त कतै खानेकुरा जोरजाम गर्नेको भीड देखिन्छ। घर, बाटोघाटो र पानीपँधेरो जताततै सरसफाइमा मानिसहरू तल्लीन देखिन्छ। तिमीहरूले पनि गाउँमा हुँदा त्यहाँको चहलपहल देखेकै होलाऊ नि, हैन त ? वस्तुभाउका लागि कान्लाभरिभरि घा“स, लहलह झुलिरहेको धानको बाला र बारीमा लटरम्म फलेका पहेँलपुर अम्बाले गाउँ साँच्चिकै रमाइलो हुन्छ। 

दसैंमा जौ उमारेर तयार पारिएको जमराको प्रयोग हुन्छ। यो चलन परापूर्वसमयदेखि हाम्रो नेपाली समाजमा मात्र छ। परिवारबाट टाढा बसोबास पारिवारिक सदस्यहरू पनि सकेसम्म दसैंमा आफ्नै घर फिर्छन्। यसो हुँदा आफन्तसँगको भेटले खुसी प्रदान गर्छ भने अर्कोतिर अझ आत्मीयता बढेको महसुुस हुन्छ। नवरात्रिपछि दशमीको दिन मान्यजनहरूले टीका र जमरा साथ आशीर्वाद दिने चलन छ। दक्षिणाको रूपमा नयाँ नोट प्रदान गर्ने चलन पनि धेरै पहिलादेखि चल्दैआएको हो। निधारभरि टीका लाउन र नयाँनयाँ नोट पाउँदा त्यसबेला नानीहरूको फुर्तीफार्ती नै बेग्लै देखिन्छ।

दसैं हाम्रो महान् मौलिक पर्व हो। भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको घटना प्रसङ्ग यो बडादसैंसँग रहेको छ। एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने जिम्मेवारी पनि हाम्रै काँधमा छ। रोटे पिङमा रमाएर होस् या  लिङ्गे पिङमा मच्चेर होस् दसैंमा निकै रमाइलो गरिन्छ। नानीहरूले चाडपर्व, संस्कार, संस्कृतिबारे धेरै कुरा बुझ्नुपर्छ।

प्रकाशित: १८ आश्विन २०७६ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App